माओवादी केन्द्रको समानुपातिक सांसद टुंगो लाग्याे, काे-काे बने सांसद ?


२९ माघ २०७४, सोमबार
moist parliaament member

काठमाडाैं, २९ माघ :  नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभातर्फको समानुपातिक सांसद उम्मेदवारको सूचीको  लगाएको छ। साेमबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले १७ जना उम्मेदवार टुंगो लगाएको  हाे ।  moist parliaament member

प्रत्यक्षतर्फ ३६ सिट जितेको माओवादी केन्द्रले समानूपातिकतर्फका सांसदहरुको सूची निर्वाचन आयोगमा बुझाउने तयारी गरेको छ । माओवादीले समानुपातिक तर्फ १७ सिट प्राप्त गरेको छ। जसमध्ये १६ जना महिला र एक पुरुषलाई पठाएकाे छ ।

प्रत्यक्ष र समानूपातिकको सिट संख्या जोडदा प्रतिनिधिसभामा नेकपा माओवादी केन्द्रबाट प्रतिनिधिसभामा ५३ जना सांसद हुने भएका छन् ।

प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७४ को दफा ३१ ९५० बमोजिम ‘समानूपतिक निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचन प्रणाली बमोजिम हुने निर्वाचनबाट प्रतिनिधित्व गराउनुपर्ने महिलाको संख्या निर्धारण गर्दा त्यस्तो दलको तर्फबाट पहिलो हुने निर्वाचन प्रणाली र समानूपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधित्व गर्ने कुल सदस्य संख्याको कम्तिमा ३३ प्रतिशत महिलाको प्रतिनिधित्व हुनेगरी निर्धारण गर्नुपर्नेछ’ भन्ने व्यवस्था छ ।

त्यस्तै प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली २०७४ को नियम ४०९४० र प्रतिनिधिसभा सदस्य समानूपातिक निर्वाचन निर्देशिका २०७४ को दफा ३१९६० बमोजिम ‘सिट संख्याको कम्तिमा ४.३ प्रतिशत पिछडिएको क्षेत्रबाट प्रतिनिधित्व हुने गरि संख्या निर्धारण गर्नुपर्नेछ’ भन्ने व्यवस्था छ ।

आदिवासी जनजाति महिला
जयपुरी घर्ती
शशी श्रेष्ठ
ओनसरी घर्ती
यशोदा सुवेदी गुरुङ
अमृता थापा

खस आर्य महिला
पूर्णकुमारी सुवेदी
रेखा शर्मा
धर्मशीला चापागाइँ
सीता पोखरेल
सत्या पहाडी

मधेसी महिला
इन्दु शर्मा
वोधमाया यादव

दलित महिला
अन्जना विशुंखे
दुर्गा विक

थारु महिला
रामकुमारी चौधरी

मुस्लिम महिला
शेखतारा चाँद

पुरुष
हितराज पाण्डे

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७