यी पुरुष, जो महिला सौन्दर्य प्रतियोगितामा विजेता बने


२९ माघ २०७४, सोमबार
Capture 2

एजेन्सी, २२ वर्षका एक फेसन मोडल ‘मिस भर्चुअल काजखस्तान’ को फाइनल राउण्डमा पुगिन्, तर उनी एक महिला नभएर पुरुष हुन् । अरिना अलियेवा (वास्तविक नाम, ईले डियागिलेव) ‘मिस भर्चुअल काजखस्तान’ का लागि भइरहेको अनलाइन प्रतियोगिताको फाइनलमा पुगे । उनको तस्बिरलाई दुई हजार भन्दा धेरै भोट मिल्यो ।

Capture 2

यसरी फाइनल राउण्डमा पुगेपछि अलियेवालाई ‘मिस भर्चुअल शमकन्द’ घोषणा गरियो । शमकन्द काजखस्तानको दक्षिणी क्षेत्रमा रहेको प्रान्तको राजधानी हो । तर, अलियेवाको खुसी केही समयका लागि मात्रै रह्यो । आयोजकले गलत जानकारी दिएको भन्दै उनलाई अयोग्य घोषित गरे । क्षेत्रीय उपाधि तथा राष्ट्रिय स्तरको प्रतियोगितामा भाग लिनका लागि अब आयोजकले ईकेरिम तमिरखानोवालाई चयन गरेका छन् । उनलाई १९ सय ७५ भोट मिलेको थियो ।

फाइनलमा पुगेको दुई दिनपछि ईले डियागिलेवले स्वीकार गरेका थिए कि उनी महिला नभएर पुरुष हुन् । अरिना अलियेवा आफ्नो टिम प्रोजेक्ट रहेको उनले बताएका छन् । उनले भने ‘धेरै महिलाले सोच्छन् कि राम्रो देखिनु नै महत्त्वपूर्ण कुरा हो र राम्रो देखिन मुस्किल पनि छ । तर मैले साथीहरूसँग पुरुष पनि महिला भन्दा राम्रो देखिन सक्छन् भनेको थिएँ ।’

rina
वास्तविक ईले डियागिलेव दायाँ पट्टी

उनले भने ‘म १७ वर्षको हुँदादेखि फेसन जगत्मा छ । मोडलको रूपमा काम गर्छु । मेकअपको माध्यमले आफूलाई सजिलै बदल्न सक्छु । मैले एक फोटोग्राफर, हेयरस्टाइलिस्छ र मेकअप आर्टिस्टलाई बोलाएँ अनि आफूलाई अरिनाको रूपमा तयार गरेँ ।’

आफू फाइनलमा पुग्दा अचम्मित भएको उनको भनाई छ । इन्स्टाग्राममा आयोजना गरिएको यो प्रतियोगितालाई धेरैले रुचाएका छन् । धेरैले डियागिलेवलाई अपवादको रूपमा चित्रित गरेको छन् र उनी धेरै महिला भन्दा सुन्दर रहेको बताएका छन् । तर केहीले भने उनको आलोचना पनि गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७