एनएनआईपीए स्पोर्ट्स अवार्ड कस्लाई कुन बिधामा ?


२९ माघ २०७४, सोमबार
एनएनआईपीए स्पोर्ट्स अवार्ड कस्लाई कुन बिधामा

 

काठमाडौं: नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआईपीए) ले भारोत्तोलनका प्रमुख प्रशिक्षक एवं साग पदकधारी स्व. सुनीललाल जोशीलाई स्व. गजराज जोशी आदर्श खेलाडी अवार्डबाट सोमबार मरणोपरान्त सम्मान गरेको छ ।एनएनआईपीए स्पोर्ट्स अवार्ड कस्लाई कुन बिधामा
स्व. जोशीकी धर्मपत्नी रेखाले सो अवार्ड ग्रहण गरिन् । यो अवार्डको पुरस्कार राशी २५ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै ‘एनएनआईपीए पत्रकारिता’ पुरस्कार फोटो पत्रकार श्याम चित्रकारलाई प्रदान गरियो । चित्रकारले अवार्डका साथै १५ हजार नगद प्राप्त गरे । टोखमा भएको कार्यक्रममा एनएनआईपीए स्पोर्ट्स अवार्ड– २०७३ बाट विभिन्न ३५ खेलका उत्तिनै खेलाडीलाई नगदसहित पुरस्कृत गरिएको छ ।

nima kanjimaya phupu
उसुकी निमा घर्ती मगर, जुडोकी फुपु ल्हामु खत्री,एथेटिक्सकी कान्छीमाया कोजु

क्रिकेटका पारस खड्का, फुटबलका किरण चेम्जोङ, करातेका पर्शुराम बाँस्तोला, भलिबलकी प्रतिभा माली, टेबलटेनिसका श्यान्टु श्रेष्ठ, सुटिङकी अस्मिता राई, तेक्वान्दोकी रेजिना कार्की, उसुकी निमा घर्ती मगर, जुडोकी फुपु ल्हामु खत्री, आर्चरीका प्रेमप्रसाद पुन, पौडीका शिरिश गुरुङ, एथेटिक्सकी कान्छीमाया कोजु, बक्सिङका सुशील थापा, भारोत्तोलनका दिनेश श्रेष्ठ, कबड्डीका विजयकुमार चन्द, ह्यान्डबलकी उमा राई, हक्कीका प्रदीप राजवंशी, स्क्वासका अरहान्तकेशर सिम्ह, ब्याडमिन्टनका रत्नजित तामाङ, बास्केटबलका सदीश प्रधान, आईटीएफ तेक्वान्दोकी तुलसा राजथला, शारीरिक सुगठनका महेश्वर महर्जन, फेन्सिङका सन्जिप लामा, गल्फका शुक्रबहादुर राई, जिम्न्याष्टिकका राजु राई, लनटेनिसकी मायांका राणा, सफ्ट टेनिसकाका प्रदीप खत्री, साइक्लिङका राजेश मगर, बुद्धिचालका मदनकृष्ण कायश्थ, फुल कन्ट्याक्ट करातेकी सुस्मी श्रेष्ठ, सेपाकताक्रोका अनिल गुरुङ, खो खोकी दिलकुमारी तामाङ, स्नुकर तथा विलियर्डका दीपक मगर, ट्रायथलनका बसन्त थारु र कुस्तीका सरोज यादव पुरस्कृत भए । सबैले ट्रफी र जनही १० हजार नगद पुरस्कार हात पारे ।

prasuram bastola
करातेका पर्शुराम बाँस्तोला

पूर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुदमा समावेश ३५ खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई सम्बन्धित खेल संघको सिफारिसमा खेलाडीलाई पुरस्कृत गरिएको खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले जानकारी गराए ।
खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष लामा टेन्डी शेर्पा, राखेपका सदस्य सुदिल शाही, टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७