गोर्खाहरुको समस्या नेपाल र नेपालीको समस्या हो : केपी ओली


१ फाल्गुन २०७४, मंगलवार
KP Sharma Oli Gurkha @ Nepal
????????????????????????????????????

काठमाडौ २९ माघ :  नेकपा (एमाले)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गोर्खा सैनिकहरुको समस्या नेपाल र नेपालीहरुको समस्या भएको बताएका छन् । आफ्नो देश र आफ्ना नागरिकहरुको समस्या समधानको लागि आफू गम्भिरताको साथ लाग्ने अध्यक्ष ओलीको भनाई छ ।

KP Sharma Oli Gurkha @ Nepal
अध्यक्ष ओलीलाई गोर्खाहरुको माग बारे जानकारी गराउदै गेसो सभापति

आइतबार साझ आफ्नै नीजि निवाश वालकोटमा गोर्खा भूतपूर्व सैनिक संघ(गेसो)का सभापति कृष्णकुमार राई सहितको प्रतिनिधि मण्डलसँगको भेटमा अध्यक्ष ओलीले गोर्खाहरुले हाल राखेका मागहरु पुरा गराउन बेलायत सरकारसँग गम्भिरताको साथ कुरा गर्ने बताए । उनले भने,‘यो केवल तपाईहरुको मात्रै समस्या होइन नेपाल र नेपालीहरुको समस्या हो । हामी सबैको समस्या हो ।’ विगतमा पनि एमालेले गोर्खाहरुको समस्या समधानको लागि पहल गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले बाँकी माग पुरा गराउन अब बन्ने सरकारले ठोस पहल गर्ने बताए ।

अध्यक्ष ओली उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री भएको बेला गोर्खाहरुको समस्याको बिषयमा बेलायतमै कुरा उठाएका थिए । सोही कुरा संस्मरण गर्दै अध्यक्ष ओलीले आफू गोर्खाहरुको समस्या बारेमा जानकार रहेको बताए । भेटमा गेसोका सभापति राईले गोर्खा आन्दोलनको पछिल्लो अवस्था बारेमा जानकारी गराएका थिए । उनले गोर्खाहरुको समस्या सम्बोधनका लागि पहल गरीदिन आग्रह गरे ।

भेटमा एमाले भूपू सैनिक इन्चार्ज हरि राई, गेसो उपसभापतिद्धय मणि किरात वान्तावा र धर्म तामाङ पनि थिए ।

गोर्खाहरु उत्साही
भावी प्रधानमन्त्रीका रुपमा हेरिएको अध्यक्ष ओलीले गोर्खाहरुको समस्या चासोका साथ सुनेका थिए । त्यतिमात्रै होइन गोर्खाहरुको बिषयमा आफैले मसिनो गरी व्याख्या समेत गरे । ओलीले उच्च चासो देखाएपछि गोर्खाहरु उत्साही भएका छन् । निकै व्यस्त तालिकामा रहेका अध्यक्ष ओलीले गोर्खाहरुको समस्याको बारेमा गम्भिरताको साथ चासो मात्रै दिएनन् आफैले गोर्खाहरुको बारेमा व्याख्या समेत गरे । भेटपछि गेसो उपसभापति वान्तवाले भने, ‘अध्यक्षज्यूलाई त हाम्रो समस्या बारेमा पुरै थाहा रहेछ, यतिको जानकार नेता प्रधानमन्त्री बन्दैहुनुहुन्छ, माग सम्बोधन हुनेमा उत्साहित छौं ।’

बेलायत सरकारका ‘स्टेट मिनिस्टर अफ आम्र्ड फोर्सेस’का मन्त्री लांककास्टर र बेलायती सेना प्रमुख निकोलस कार्टर नेपालको ५ दिने भ्रमणमा छन् । गत फेब्रुअरी ९ तारिखदेखी भ्रमणमा आएका मन्त्रीको टोलीले अध्यक्ष ओलीलाई सोमबार बिहान भेट्दैछन् । यो भेटको पूर्व सन्ध्यामा गोर्खाहरुले अध्यक्ष ओलीलाई भेटेर आफ्ना मागहरुको बिषयमा जानकारी गराएर माग पुरा गराउन लागि ठोस कदम चालीदिन आग्रह गरेका हुन् ।

उनी बेलायती सेनाको रक्षामन्त्रालय अन्र्तगत आम्र्ड फोर्स मामिला हेर्ने मन्त्री हुन् । उनी सँगै बेलायती सेनाका चिफ अफ जनरल निकोलस कार्टर नेपाल भ्रमणमा छन् । आन्दोलनरत गोर्खा सैनिकहरुले उठाएका मुद्दाहरुको बिषयमा जानकार मन्त्री हुन् । २९ मार्च २०१७ मा गोर्खा, नेपाली राजदूताबास र बेलायत सरकारविच भएको त्रिपक्षीय वार्तामा उनी सहभागी थिए । उनले वार्तामा गोर्खाहरुको मागको बारेमा ध्यान पूर्वक सुनेका थिए । सोही मन्त्रीलाई गोर्खाहरुको समस्या सम्बोधनका लागि आफूले अनुरोध गर्ने बताए ।

फोटो फिचर :-

KP Oli and K Rai Gaeso Gurkha

KP Sharma Oli and GAESO 2

KP Sharma Oli and GAESO 3

Gurkha

KP Oli and Gurkha Team

KP Sharma Oli and GAESO 1

 

KP Sharma Oli Gurkha @ Nepal
????????????????????????????????????

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७