विपन्न परिवारलाई सहयोग गर्न बेलबारीमा महोत्सव हुने

महोत्सव ‘नाइट क्लब’ हुन नदिन चुनौती


१ फाल्गुन २०७४, मंगलवार
belbari 2

 

खनेन्द्र कुमार राई (अर्जुन)
बेलवारी, १ फागुन : बेलवारीमा ‘युवा जागरण अभियान नेपालको पहिचान, शिक्षा र स्वास्थ्य हाम्रो अभियान’ भन्ने मूल नाराको साथ  महोत्सव हुने भएको छ ।belbari 2

शिक्षाबाट बन्चित दलित, विपन्न, अपाङ्ता भएका वालबालिकाहरुलाई छात्रवृत्ति प्रदान गर्ने उदेश्यले महोत्सवको आयोजना गरेको अायाेजक युवा जागरण अभियान नेपालका अध्यक्ष सुजित बस्नेत जानकारी दिए । महोत्सवबाट बेलवारीको शैक्षिक विकासमा सहयोग पुग्ने आयोजकले बताए  । महोत्सव बाट संकलित रकम बेलवारी वाड नं ३ खोरिया बस्तीमा स्थाई बसोबास गर्ने फिपराज लिम्बु र सम्झना लिम्बुको १२ वर्षीय छोरी सिर्जना लिम्बुको उपचाराथको लागि वितरण गरिने अध्यक्ष बस्नेतले बताएका छन् । लिम्बु ५ महिना देखी वोनमेरो रोगबाट पीडित छिन् ।

महोत्सव प्रचारप्रसारको कार्य प्रारम्भिक अवस्थामा रहेको र महोत्सवमा स्थानीय सबै विद्यालयलाई निमन्त्रण गर्ने र विद्यार्थीहरुको कला प्रस्तुति गर्ने योजना रहेको महोत्सवका प्रचारप्रसार संयोजक तथा युवा जागरण अभियान नेपालका सचिव हरि गुरुङले बताए  । उनले पूर्वाञ्चल नै पहिलो पटक शिक्षा तथा स्वास्थय मोहोत्सव हुन लागेको दाबी गरेका छन् । यो पटक महोत्सव विगतको जस्तो नहुने फरक महसुस हुने सचिव गुरुङले बताएका छन् ।

यस पटक कार्यक्रम समय्मा नै सम्पन्न गर्ने गरी सुरक्षित वातावरणमा सम्पन्न गर्ने आर्थिक तथा व्यवस्थापन संयोजक जनक लिम्बुले बताए  । निजी तथा सामुदायिक विद्यालयलाई केन्द्रित गरेर ५० प्रतिशत स्टल राखिने छ भने बाँकी स्टल अन्य व्यवसायको लागि छुटाइने लिम्बुले जानकारी दिए  ।

महोत्सव फागुन २६ गते समापन हुने आईतबार बेलवारी ३ स्थित जकसन होटेलमा पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिए  ।

विगत वर्षमा केही महोत्सव बाहेक, विभिन्न शीर्षकमा भएको अधिकांश महोत्सव नाफामुलक र विकृति युक्त प्रकृतिको देखियो । जसले समाजको विकास नभएर दुर्घटना निम्ताएको थियो । स्थानीय बेलबारीबासीले बेलवारीमा लाग्ने महोत्सवलाई नाइट क्लबको उपनाम दिएर पनि अर्थाउने गरेको छन् । पछिलो समय महोत्सवको नाममा धेरै विकृति आएपनी यस्तो बारेमा सरोकार वालाहरुले छलफल चलाएर रोकथामका लागी  उचित कदम चाल्नु पर्ने हो तर त्यसो हुन सकेको छैन् ।

महोत्सवमा बलात्कार जस्तो जघनन्य अपराध हुँदा महोत्सवलाई हेर्ने दृष्टिकोण नकारात्मक बन्दै गएको छ । यस्तो अवस्था आउन नदिन सबै जिम्बेबार बन्न आवसेक छ । बेलवारीमा पुनः यो पटक लाग्ने महोत्सव एउटा बिगत्को गल्ती दोहोरिने चाड नबनोस शिक्षा तथा स्वास्थ्य महोत्सवले बेलबारीबासीलाई साचिकै शिक्षा र फरक स्वाद प्रदान गरोस् यही अपेक्षा बेलबारीबासी को रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७