बेलायती रक्षामन्त्रीलाई ओलीले सोधे, ‘गोर्खाहरुमाथिको विभेद कहिले अन्त्य हुन्छ ?’


१ फाल्गुन २०७४, मंगलवार
KP oli Sharma lyacaster meeting

काठमाडौं, १ फागुन :  नेकपा (एमाले) अध्यक्ष एंव पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बेलायत सरकारका ‘स्टेट मिनिस्टर अफ आम्र्ड फोर्सेस’का मन्त्री मार्क ल्यानकाष्टरसँग शिष्टाचार भेट गरेका छन् । भेटमा अध्यक्ष ओलीले भूतपूर्व गोर्खा सैनिकहरुको माग र समस्याको बिषयमा चासो राखेका छन् ।

मंगलबार सिंहदरवार स्थित एमाले संसदीय दलमा भएको भेटमा अध्यक्ष ओलीले बेलायती सेनामा काम गर्ने सैनिकहरुलाई हुने गरेको विभेदका बारेमा राज्यमन्त्री ल्यानकाष्टरसँग जिज्ञासा राखेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले नयाँ पेजलाई बताए । उनका अनुसार अध्यक्ष ओलीले गोर्खा सैनिकहरुको समस्या र मागका बिषयमा निकै महत्वको साथ चासो राखेका थिए ।

KP oli Sharma lyacaster meeting
अध्यक्ष ओली र मन्त्री ल्यानकाष्टरबीच भेटवार्ता हुँदै । तस्बिर : अध्यक्ष ओलीको सचिवालय

ओलीको चासोपछि राज्यमन्त्री ल्यानकाष्टरले नेपाल र बेलायतबीच २०२ वर्ष अघि कूटनीतिक सम्बन्ध भएकाले गोर्खा सैनिकमाथि कुनै भेदभाव नहुनेमा विश्वस्त हुन आग्रह गरे । बेलायती सेनामा काम गर्ने पूर्व गोर्खा सैनिकको पेन्सन सुविधा बारेमा गठन गरिएको संयुक्त प्राविधिक टोलीले गरिरहेको कामको प्रगति बारेमा अध्यक्ष ओलीलाई राज्यमन्त्री ल्यानकाष्टरले जानकारी गराए ।

ल्यानक्यास्टरले अध्यक्ष ओलीलाई निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याएकोमा बधाइ तथा भावी प्रधानमन्त्रीका रुपमा शुभकामना दिए । मन्त्री ल्यानकाष्टरले यसपटको चुनावी परिणामले नेपालमा स्थीर सरकारको सम्भावना देखिएकोले बेलायत नेपालमा थप लगानी गर्न उत्साहित रहेको बताउनुभएको छ । ‘स्थीर राजनीतिक परिस्थितीका कारण नेपालमा लगानी मैत्री वातावरण बन्नेमा बेलायत आशावादी छ’ ल्यानकाष्टरले भने ।

यसअघि सोमबार साझ गोर्खा भूतपूर्व सैनिक संघ (गेसो)का सभापति कृष्णकुमार राई सहितको टोलीले अध्यक्ष ओलीलाई भेटेर गोर्खाहरुको समस्या गम्भिरताको साथ राखीदिन आग्रह गरेका थिए । ओली निवास बालकोटमा भएको वार्तामा सभापति राईले गोर्खाहरुको माग र मुद्दाका बिषयमा जानकारी दिएका थिए ।

बेलायत सरकारका ‘स्टेट मिनिस्टर अफ आम्र्ड फोर्सेस’का मन्त्री कास्टर र बेलायती सेना प्रमुख निकोलस कार्टर नेपालको ५ दिने भ्रमणमा छन् । गत फेब्रुअरी ९ तारिखदेखी भ्रमणमा आएका मन्त्री कास्टर गोर्खा सैनिकहरुले उठाएका मुद्दाहरुको बिषयमा जानकार मन्त्री हुन् । २९ मार्च २०१७ मा गोर्खा, नेपाली राजदूताबास र बेलायत सरकारविच भएको त्रिपक्षीय वार्तामा उनी सहभागी थिए । उनले वार्तामा गोर्खाहरुको मागको बारेमा ध्यान पूर्वक सुनेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७