जनयुद्ध दिवसकै दिन पार्टी एकता टुङग्याउने कोशिशमा छौं : प्रचण्ड


१ फाल्गुन २०७४, मंगलवार
prachanda 2

काठमाडौं, १ फागुन : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्ध दिवसकै दिन पार्टी एकता टुङ्गयाउने गरी छलफल भइरहेको बताएका छन् । आज अवेरसम्ममा पार्टी एकता टुंगो लाग्न सक्ने उनको भनाई छ ।

prachanda 2

२३ औं जनयुद्ध दिवसका अवसरमा मंगलबार माओवादी पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रममा अध्यक्ष प्रचण्डले जयुद्धकै बलमा मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र र नयाँ संविधान सम्भव भएको भन्दै यहि ऐतिहासिक दिनमा पार्टी एकीकरणको प्रकृया टुङ्ग्याउन आफूहरु लागि परेको बताए । ‘नेपालको सामाजिक राजनीतिक जागरणमा जनयुद्धको ऐतिहासिक महत्व र भूमिका छ भनेर ओलीजीले पनि स्वीकार्नुभएको छ’ उनले भने, ‘आजकै दिन जनयुद्ध दिवसकै दिन पार्टी एकतालाई टुंग्याउन सकियो भने मलाई खुसी हुन्छ भनेर हामीले भनेका छौं र हाम्रो कोसिस छ सकेसम्म आज नै टुंगोमा पुगोस् ।’

माओवादीले २०५२ सालमा आजकै दिन पारेर सशस्त्र युद्ध सुरु गरेको थियो। माओवादीले हरेक वर्ष फागुन १ मा ‘जनयुद्ध दिवस’ मनाउने गरेको छ। उनले विप्लव र वैद्यलाई पनि पार्टी एकतामा आउन आग्रह गरे। विप्लवप्रति संकेत गर्दै प्रचण्डले भने, ‘जनतामा आफ्ना कुरा नराखी रहर र लहडका भरमा क्रान्ति हुँदैन। घटना घटाएर मात्र क्रान्ति हुँदैन।’  समृद्धि र समाजवादलाई पूरा हुन नदिन देशी विदेशी साम्राज्यवादीहरू लागेका हुनाले कम्युनिस्ट एकता आजको आवश्यकता भएको प्रचण्डको भनाइ थियो।

अध्यक्ष प्रचण्डले सवै कम्युनिष्ट एकै ठाउ उभिएमात्रै सम्बृद्धि र समजबाद सम्भव हुने पटकपटक दोहोर्याए । उनले एमाले र माओवादी एकीकरण प्रकृया चलिरहेका बेला भाड्ने प्रयास भइरहेको भन्दै कम्युनिष्ट एकता हुन नदिनेहरु जनताका नेता हुनै नसक्ने ठोकुवा गरे । ‘इतिहासमा यस्ता अवसर सधै आउदैनन् । अवसरलाई संस्थागत गर्ने र गुम्न नदिने प्रयासमा लाग्नुपर्छ, बरु अवसरलाई उपयोग गर्न त्यसको नेतृत्व गर्नेतर्फ लाग्नुनै बुद्धिमानि हुन्छ’ प्रचण्डले सम्बोधनका क्रममा भने ।

नेतृत्व मागेर नपाइने हभन्दै उनले त्यसका लागि क्षमता, योग्यता, त्याग र बलिदान महत्पुर्ण हुने बताए । अध्यक्ष प्रचण्डले एउटै कम्युनिष्ट केन्द्र बनाउने नयाँ समाजवादी क्रान्तिको तयारीमा लागेको भन्दै अव यसबाटै नेपाली जनताका अधुरा सपना पुरा हुने दावी गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७