प्रदेश ३ को मुख्यमन्त्रीे सफतको भोलीनै सडक अनुगमनमा


१ फाल्गुन २०७४, मंगलवार
dormani

काठमाडौं: राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भए लगतै सातै प्रदेशको मुख्यमन्त्री साथै सभामुखको लगभग टुङगो लागि सकेका छन् । प्रदेश नम्बर १ को भने बाँकी रहेको छ । त्यहाँ पनि मुख्यमन्त्रीमा शेरधन राईको निश्चित नै भैसकेको छ ।

dormani
सडक अनुगमनको क्रममा मुख्यमन्त्रीको टोली मुग्लिन सडकखण्डमा

प्रदेशले मुख्यमन्त्री पाएसँगै अब चासोको विषय काम कस्तो गर्छ भन्ने नै हरेको छ । तर, प्रदेश नम्बर ३ को मुख्यमन्त्रीमा नियुक्त भएको डोरमणी पौडेल भने मुख्यमन्त्रीमा नियुक्त भएको भोली पल्टनै सडक अनुगमनमा निस्किएका छन् । मुख्यमन्त्री पौडेलसहित आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मरकट्टेलले पनि मंगलबार नारायणगढ मुग्लिन सडकखण्डको अनुगमन गरेका छन् । टोलीले १५ किलो भन्ने ठाउँसम्म अनुगमन गर्न पुगेका थिए ।

नारायणगढ मुग्लिन सडकखण्ड लामो समय देखी सडक बिस्तारकै भए पनि सम्पन्न भैसकेको छैन । मुख्यमन्त्रीले किन ढिलो सडक बिस्ता भएको भनी अहनुगमन गरेका थिए । मुखमन्त्रीले उक्त सडक खण्ड ढिलो बिस्तार भएकोले यात्रु मारमा परेको भन्दै आफै अनुगमनमा पुगेको हो । मुख्यमन्त्री पौडेलले त्यहाँ पुगेर छिटो काम गर्न समैत आयोजना प्रमुखलाई गोविन्द खनाल निर्देशन दिएका छन् । आयोजना प्रमुख खनालले ७५ प्रतिशत काम सम्पन्न भैसकेको मुख्यमन्त्रीलाई जानकारी समेत दिएका छन् ।

त्यसै क्रममा मुख्यमन्त्री पौडेलले दासढुङगामा रहेको मदन भण्डारी र जिवराज आश्रतिको शालिकमा माल्यार्पण गरेका छन् । हुनत दोस्रो दिनमानै मुख्यमन्त्री पौडेल सडकको अनुगमन गर्न निस्किए पनि बाँकी समयको मुल्याङकन हुन बाँकी नै छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७