कोरियाबाट एकै पटक आयो ११ सयको श्रम सम्झौता


२ फाल्गुन २०७४, बुधबार
south korea e1455357487221

काठमाण्डौं, २ फागुन : नेपालीहरुको आकर्षक श्रम गन्तव्य बनेको दक्षिण कोरियाले छनोट थाले लगत्तै भाषा परीक्षा उत्तीर्ण गरेका ११ सय नेपालीको श्रम सम्झौता एकै पटक पठाएको छ । सन् २०१८ को पहिलो चरणका लागि नेपाली कामदार लैजान शुरु गरेको छ । south korea e1455357487221

थप ११ सयभन्दा बढीको ‘लेबर कन्ट्रयाक्ट’ आउन लागेको ईपीएस कोरिया शाखाका प्रवक्ता शोभाकर पराजुलीले जानकारी दिएका छन् । सन् २०१८ का लागि भाषा परीक्षा उत्तीर्ण गरेका पाँच जना कोरिया उडिसकेका छन् ।
गत वर्ष पहिलो लटमा पाँच सय कामदारको मात्रै कन्ट्रयाक्ट आएको थियो । यस वर्ष भने पहिलो लटमै कोरियाले राम्रो संख्यामा कन्ट्रयाक्ट पठाउने संकेत गरेको जनाइएको छ । यसै साता सन् २०१८ का लागि ईपीएस उत्तीर्ण गरेका नेपाली कामदारको छनोट थालेको कोरियाले शुरुवातमै उक्त संख्यामा कन्ट्रयाक्ट पठाएको हो ।

अब मे २०१८ मा दोस्रो चरणको छनोट शुरु हुनेछ । त्यसको तीन महिनापछि सबै लटको छनोट सकिने भण्डारीले बताएका छन् । कामदार छान्न रोजगारदाता कम्पनीहरु सहभागी हुन्छन् । उनीहरुले परीक्षा उत्तीर्ण भएकामध्येबाट आफूलाई आवश्यक पर्ने कामदारको भाषा परीक्षण गर्न पाउँछन् ।

रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कोरियाली भाषा परीक्षामा यस वर्षका लागि १२ हजार एक सय आठ परीक्षार्थी उत्तीर्ण भएका छन् । ६८ हजारभन्दा बढीले भाषा परीक्षा दिएका थिए । कोरियाको मानव संशोधन विकास विभागले पहिलो चरणमा कृषि र उत्पादनमूलक दुवैतर्फका कामदार छान्ने क्रम तीव्र पारेको छ । विभागले भाषा परीक्षा उत्तीर्ण गरेका कामदारको चार चरणमा छनोट गर्ने गरेको छ । यस वर्ष अघिल्लो वर्षभन्दा तीन गुणा बढी कामदार कोरिया जाँदैछन् । अघिल्लो वर्ष ३५ सय युवाले भाषा परीक्षामा उत्तीर्ण गरेका थिए । तीमध्ये करीब डेढ सयले अझै कोरिया उड्न पाएका छैनन् । सन् २००७ मा नेपालसँग श्रम सम्झौता भएसँगै सन् २००८ देखि कोरियाले नेपाली कामदार लिन शुरु गरेको हो । हालसम्म दक्षिणकोरियामा ईपीएसमार्फत् ३५ हजारभन्दा बढी हजार नेपाली युवा पुगिसकेका छन् ।

मासिक एक लाख रुपैयाँभन्दा बढी कमाइ हुने भएकाले नेपाली कामदारको आकर्षण कोरियामा अत्यधिक छ । गत डिसेम्बर अन्तिमसम्म ५० हजार कामदार त्यहाँ पुगिसकेका छन् । कोरियाले ४० वर्ष ननाघेका अदक्ष कामदारलाई आकर्षक तलब दिने गरी आफ्नो मुलुकमा लगिरहेको छ । १० वर्षमा प्रतिवर्ष औसत पाँच हजार नेपाली कामदारलाई रोजगारी दिइरहेको छ । अहिले नेपाली कामदारको न्यूनतम तलब मासिक एक लाख ४२ हजार रुपैयाँ तोकिएको छ । कोरियाले कृषि तथा उत्पादनमुलक (उद्योग) समूह विभाजन गरी कामदार लैजान्छ । कृषिभन्दा उत्पादनमुलक समूहबाट जानेहरुले बढी आम्दानी गर्ने गरेका छन् । कोरियाका लागि आगामी चैतमा सन् २०१९ का लागि भाषा परीक्षा हुँदैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७