अनमोलको ‘कृ’ चल्नुभन्दा हल्ला बढी, अनमोलको फ्यान नै नक्कली !


२ फाल्गुन २०७४, बुधबार
anamol

काठमाण्डौं, २ फागुन : चर्चित नायक अनमोल र अदितीको वहुप्रतिक्षित चलचित्र ‘कृ’ अहिले हलमा छ । तर, चलचित्रले सोंचेअनुसारको व्यापार गर्न नसकेको स्वयम् हल सञ्चालकहरु बताउँछन् ।anamol

माघ २६ गतेदेखि हलहरुमा आएको कृको ‘कथावस्तु भन्दा पनि हल्ला बढी’ गरिए जस्तो लागेको चलचित्र हेरेका दर्शकहरुको प्रतिक्रिया छ । अहिले विभिन्न मिडियाहरुमा अनमोल केसीको बारेमा विभिन्न खबरहरु आइरहेका छन् । आफ्ना करिअरका लागि पनि चलचित्र चल्नै पर्ने बताउँदै आएका अनमोलको चलचित्रमा परिश्रम देखिए पनि चलचित्रको प्रचार गरिए जति उत्कृष्ट नभएको दर्शकहरु बताउँछन् । कतिपय मिडियामा आएका समाचारहरु अनमोलका फ्यान नै नक्कली भएको दाबी समेत गरिएको छ ।bhuwan

शुक्रबार फिल्म ‘कृ’ ले सोचेको जस्तो ब्यापार गर्न सकेन र हलवालाले शनिबार ‘कृ’ को शो घटाएको जनाएका छन् । तर शनिबार एक्कासी फिल्म सबै हलमा हाउसफुल भएको खबर बाहिर आयो । फिल्मले मल्टिप्लेक्समा धेरै शो नपाए पनि स्मल थिएटरमा भने राम्रो शो पाएको जनाइएको छ । हलमा दर्शक पनि उतिकै देखिए तर, सबै दर्शक ‘कृ’ हेर्न नआएको पाइएको छ । बलिउड फिल्म प्याडम्यान पनि हेर्न आएका थिए ।anmols fans

दर्शक मिसिएका कारण अनमोलको क्रेज ज्याद देखिएको शनिबार हलमा पुगेकाहरुको प्रतिक्रिया छ । उनीहरुले यतिसम्म भन्न भ्याए कि ‘अनमोल हल्लाका भरमा चलेका नायक’ हुन् । विभिन्न हलहरुमा अनमोलको क्रेज देखाउन ‘नक्कली फ्यान’हरु जुटाएर हुटिङ गर्न लगाइएको विभिन्न मिडियाले समाचार नै लेखेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७