आँखा झिम्क्याउँदा प्रिया विवादमा , प्रहरीमा उजुरी


२ फाल्गुन २०७४, बुधबार
priya

मलयालम अभिनेत्री प्रिया प्रकाश वारियर एउटै भिडियोका कारण राता–रात चर्चित भएकी छिन्। उनको भिडियो भाइरल भएको छ । भाइरल भएको गीतलाई लिएर विवाद पनि सुरु भएको छ। गीतको शब्दलाई लिएर आपत्ति जनाउँदै आन्ध्र प्रदेशको हैदरावादमा धार्मिक समूहले उजुरी दर्ता गराएका छन् । प्रिया प्रकाशलाई लक्षित नभई गीतको शब्दलाई लिएर उजुरी दायर गरिएको प्रहरीले जनाएको छ । priya
 यी हुन् प्रिया प्रकाश

प्रिया प्रकाश १८ वर्षीय युवती हुन्, जो विकम पहिलो वर्षमा अध्ययनरत छिन् । केरलको त्रिशुर निवासी प्रिया मलयालम फिल्म ‘अरु आदर लव’ फिल्मको गीत ‘मानिक्य मलाराया पूवी’ मा पहिलो पटक देखिएकी हुन् । फिल्म रिलिज नहुँदै सार्वजनिक भएको गीतमा उनले आँखा झिम्क्याएको दृष्य भाइरल भएपछि उनको चर्चा चुलिएको छ ।

इन्स्टाग्राममा मात्र उनलाई ६ लाखले फलो गरिसकेका छन् । योसँगै उनी काइली जेनर र क्रिस्टियानो रोनाल्डोजस्ता हस्तीहरूको बराबरीमा पुगिसकेकी छिन् । प्रियाले एउटा अन्तर्वार्तामा भनेकी छिन्, ‘भिडियो भाइरल भएपछि मेरो जीवन नै परिवर्तन भएको छ । फिल्मको रोमान्टिक गीतका लागि मेरो निर्देशक चाहन्थे, मैले आफ्नो आइब्रोबाट केही नयाँ कमाल गरुँ । मलाई ‘एक्सप्रेसन’ मार्फत प्रेमको स्वीकारोक्ति गर्नुपर्ने थियो । मलाई जे भनिएको थियो, मैले गरेर देखाएँ ।’ एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७