सनराइज बैंकमा २५ करोड घोटाला !


२ फाल्गुन २०७४, बुधबार
sunrise

काठमाण्डौं, २ फागुन : जिल्ला–जिल्लामा शाखा र सुविधा विस्तार गरिरहेको बताउँदै सेवाग्राहीको ध्यान आफूतिर खिचिरहेको सनराइज बैंकको सनसनीपूर्ण घोटाला बाहिर आएको छ ।sunrise

बैंकको आकर्षक नारा र विज्ञापनमा मख्ख पर्दै आएका सेवाग्राही सनराइज बैंकको यो घोटाला सुन्दा मात्र पनि छक्क पर्न वाध्य हुन्छन् । बैंकका माथिल्लो तहका कर्मचारीले नै विभिन्न सफ्टवेयर खरिदका नाममा ठूलो रकम घोटाला गरेको खबर सार्वजनिक भएको छ । कमलपोखरी नजिकैको सनराइज क्यापिटल भवनसँगैको ५० आना जग्गा चल्तीको भाऊ भन्दा दोब्बर मूल्य लगाएर बैंकका माथिल्लो पहका कर्मचारीले खुल्लेआम घोटाला गरेको बैंकका कर्मचारीहरु नै बताउँछन् । बैंकका सञ्चालक तथा व्यवस्थापन प्रमुखहरुको मिलेमतोमा उक्त जग्गामा बजार भाऊ भन्दा बढी रकम लगाएको देखाएर घोटाला गरिएको बैंकको कर्मचारी स्रोतले जानकारी दिएका छन् ।

वाङ्गेल लामाको नामको उक्त जग्गा खरिदको समयमा बजार भाऊ प्रतिआना ४५ देखि ५० लाख रुपैंयाँ पर्ने भए पनि प्रतिआना एक करोड रुपैंयाँसम्म लगाइएको देखाइएको छ । गत बिहीबारको बैंक सञ्चालक समूहको वैठकले उक्त जग्गा खरिद गर्ने निर्णय गरेको थियो । सेवाग्राहीबाट चर्को व्याज असुलेर जग्गा गरिएको नागरिकको पैसा बैंकका सञ्चालक र व्यवस्थापकहरुको मिलेमतोमा घोटाला भएको कर्मचारी स्रोतले जानकारी दिएको छ । बैंकका अध्यक्ष मोतीलाल दुगड, सञ्चालकहरु डा. भोगेन्द्र गुरागाई, मालचन्द्र दुगड, बच्छराज तातड, दिपक नेपाल, डा. दिपकप्रसा भट्टराई, ज्योतिकुमार बेगानी, ओमकृष्ण जोशीलगायतको मिलिभगतमा बैंकका कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र डेपुटी जनरल म्यानेजर रोविन नेपालले कमलपोखरीस्थित उक्त जग्गा खरिदमा ठूलो घोटाला गरेको समाचार स्रोतको दावी छ ।

अख्तियार पुग्यो केस

बैंकले चलनचल्तीको भाऊ भन्दा दोब्बरमा खरिद गर्न लागेको जग्गाको उक्त केस अहिले अख्तियारमा पुगेको छ । बैंक सञ्चालक समितिका पदाधिकारीले जनताको पैसामा गलत निर्णय गरेको भन्दै अख्तियारमा उजुरी गरेपछि यो घोटालाको नियत छताछुल्ल बनेको हो । शुरुमा ५० लाख आनाको जग्गा एक करोडमा किन्ने निर्णयविरुद्ध बैंकका सञ्चालक भोगेन्द्र गुरागाईले आपति जनाएका थिए ।

तर, उनको आपति पनि धेरै दिन टिक्न सकेन । किनकी उनलाई जग्गा खरिद कार्यमा संलग्नहरुले मनाई छाडे । गुरागाईलाई थामथुम बनाएपछि जग्गा गरिदका लागि समिति नै गठन गरिएको स्रोतले जानकारी दिएको छ । उक्त स्थानको जग्गा प्रतिआना ५० लाख नभई ६० लाख पर्ने बताउँदै बैंकका अध्यक्ष मोतीलाल दुगडले भने–‘जग्गा खरिद गर्ने निर्णय भइसकेको होइन, यस विषयमा छलफल मात्र चलेको छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७