राष्ट्रिय वाणिज्य बैंकमा १० करोड घोटाला, वरिष्ठ सहायक अधिकृत पक्राउ


३ फाल्गुन २०७४, बिहीबार
ghotala

विराटनगर, ३ फागुन : राष्ट्रिय वाणिज्य बैंकको बिराटनगर भन्सार शाखामा चेक क्लियरिङ्गको नाममा करोडौं रुपयाँ घोटाला भएको छ । बैंकको रकम घोटाला गरेको आरोपमा प्रहरीले बैंकका सुक्खा बन्दरगाह शाखाका वरिष्ठ सहायक अधिकृत तोर्णबहादुर राउतलाई पक्राउ गरेको छ । यस्तै बिराटनगर भन्सारका क्लियरिङ एजेन्ट सुरेश बोहरा र प्रतिनिधि ललित बोहरा फरार रहेका छन् ।ghotala

आफरुहरुविरुद्ध प्रहरीले पक्राउ पूर्जी जारी गरेको थाहा पाएपछि उनीहरु फरार भएको जनाइएको छ । चेक क्लियरिङको काममा बैंकबाट १० करोड रुपैंयाँ घोटाला गरिएको पाइएको प्रहरीले जनाएको छ । बैंकको सुक्खा बन्दरगाह शाखाका वरिष्ठ सहायक अधिकृत तोर्णबहादुर राउतलाई प्रहरीले पक्राउ गरेपछि घोटाला काण्ड सतहमा आएको हो ।

यसरी खुल्यो घोटालाको पर्दा !

भन्सार क्लियरिङ्ग एजेन्छट सुरेश बोहराको घोटालाबारे जानकारी पाएपछि बैंकका सिइओ र डेपुटी सिइओले बुधबार ११ बजेसम्म रकम जम्मा गरिसक्नु पर्ने अडान राखेको थियो । सो रकम समयमा जम्मा हुन नसकेपछि बैंकले ‘बैंकमा जम्मा हुनुपर्ने रकम जम्मा नभएको हुँदा यथार्थ पत्ता लगाई पाऊँ’ भन्दै प्रहरीमा जाहेरी दिइएको थियो ।

बैंकको जाहेरी परेपछि प्रहरीले वरिष्ठ सहायक राउतलाई पक्राउ गरेको हो । अरु दुईलाई पक्राउ पूर्जी काटेको छ । यता घटनाबारे थप कुरा थाहा पाउन बैंकको केन्द्रीय कार्यालयका अपरेसन विभागका उपप्रमुख नारायण सुवेदी नेतृत्वमा ३ जनाको उच्चस्तरीय छानबिन टोली विराटनगर पुगेको छ । उक्त टोलीमा कानुन फाँटका प्रमुख पनि रहेको बैंक स्रोतले जानकारी दिएको छ । बिराटनगर भन्सार प्रमुख मिमांश अधिकारीले एकाउन्ट पेई चेक क्लियर हुनु–नहुनु आफ्नो सरोकारको विषय नभएको बताएका छन् । ‘यो भन्सार एजेन्ट र बैंकबीचको विषय हो । यसमा हाम्रो कुनै पनि सरोकार छैन । हाम्रो रकम रोकिएको छैन । बैंकले दिइरहेको छ । त्यसैले हामीलाई केहि पनि समस्या छैन । पुग्नुपर्ने सबै राजश्व पुगिरहेको छ’–उनले भने ।

यसरी भयो घोटाला ?

सामान्यतया यस्तो केसमा ‘एकाउन्ट पेइ चेक’ भन्दा पनि ‘गुड फर पेमेन्ट चेक’ दिनुपर्ने थियो । तर, एकाउन्ट पेइ चेक दिंदा क्लियरिङमा घोटाला भएको छ । बैंकको सुक्खा बन्दरगाह शाखाले विराटनगर भन्सार कार्यालयको परिसरभित्र सञ्चालन गरेको काउन्टरमा कार्यरत सुरेश बोहरा र उनका प्रतिनिधि ललित बोहराले राजश्व बापत बुझाएका एकाउन्ट पेइ चेकहरू क्लियरिङ हुन नसकेपछि घोटालाको रहस्य बाहिर आएको हो ।

उनीहरुको मिलेमतोमा विभिन्न मालसामानको भन्सार क्लियरिङ हुँदै आएको तर, खातामा रकम नभएका कारण ती चेकहरू क्लियरिङ हुन नसकेको उजुरीका आधारमा उनीहरुलाई पक्राउ पूर्जी जारी गरिएको जनाइएको छ । बैंकको स्रोतका अनुसार क्लियरिङ हुन बाँकी साढे १२ करोड रुपैयाँमध्ये केहि रकम सोमबार बुझाएइएको छ भने ९ करोड ६१ लाख ५५ हजार रुपैयाँ क्लियरिङ हुन बाँकी छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७