‘अँह शरीर बेच्न लाज लाग्दैन…’


३ फाल्गुन २०७४, बिहीबार
100014362 41abbf24 2f45 463e a4d7 4b9c985a51fd

‘तपाईलाई थाहा छ, आज भ्यालेन्टाइन डे हो नि ? प्रेम गर्ने दिन,’ मैले केही अप्ठ्यारो मान्दै र केही डराउँदै एक दुब्ली देखिने एक महिलालाई सोधें । एक ढुङ्गामाथि थकित मुद्रामा बसिरहेकी ती महिलाको आँखामुनि कालो घेरा थिए र आँखा अनुहार भित्र पसेका थिए । उनी केही चबाउँदै थिइन् । मेरो प्रश्न सुनेर कुनामा थुक्दै भनिन्, ‘अँ थाहा छ, भ्यालेन्टाइन डे । के भयो त ?’100014362 41abbf24 2f45 463e a4d7 4b9c985a51fd

‘के तपाईले कसैसँग प्रेम गर्नु भको छ ? तपाईको जिन्दगीमा यस्तो कोही छ जो तपाईसँग प्रेम गर्छ,’ मैले सोधें । मेरो प्रश्न सकिएकै थिएन, उनले बीचमै भनिन्, ‘कोठेवालीसँग कसले प्रेम गर्छ मेडम ? कसैले प्रेम गरेको भए म यहाँ हुन्थें ?’ यति भनेर उनले मलाइ बस्न इसारा गरिन् । म उनको नजिकै भुँइमा नै बसेर कुरा गर्न लागें । सडकको किनारमा एक खाली ठाउँमा केही महिला केही दूरीमा बसिरहेका थिए । गल्ली र मुख्य सडकको बीचमा थोरै खाली ठाउँ बाँकी थियो । सो ठाउँमा पैदलयात्रु आवात जावत गरिरहेका थिए ।
म दिल्लीको जिवी रोडमा अवस्थित यस्तो इलाकामा थिएँ, जहाँ महिला आफ्नो शरीर बेचेर विहान बेलुकाको खानाको जोहो गर्छन् । sex workers19 1465894716

‘शरीर बेच्न केही लाझ लाग्दैन’

यहाँ आउनु पूर्व मलाई सम्हालिएर र सर्तक भएर कुरा गर्न सुझाव मिलेको थियो । मेरो उद्देश्य जुन महिलासँग सिर्फ यौन सम्पर्क गर्न पुरुष आउँछन् उनीहरुको जीवनमा प्रेमको अनुभव हुन्छ कि हुँदैन ? भ्यालेन्टाइन डेले उनीहरुको आँखामा चमक ल्याउँकी ल्याउँदैन । मलाइ यही प्रश्नले मलाइ यो गल्लीसम्म तानेर ल्यायो । जहाँ रंग विरंगका वत्ति, झल्लर देखिन्छ । तर मैले त्यहाँ त्यस्तो केही पनि देखिन् । यो एक भीडभाड भएको इलाका थियो । आसपास हेर्दा एउटा सानो प्रहरी चौकी, हनुमान मन्दिर र केही पसल थिए । सोधपुछ गर्न थालेपछि एक व्यक्तिले गल्लीतर्फ इसारा गरे, जहाँ एक हट्टीकट्टी महिला कम्मरमा हात राखेर उभिएकी थिइन् ।Brothels Prostitution 01

म जति हाँस्न सक्थे त्यति नै हाँसे, ती महिलासँग भेट गरें र मैले यस्तो व्यवहार गरें की उनलाइ म पहिलादेखि नै चिन्थें । यस प्रकार मेरो भेट ती दुब्ली पातली महिलासँग भयो जसको विषयमा मैले माथि नै बताइसकेकी छु । कर्नाटककी ती महिलाको भनाइ थियो, उनले प्रेमका सबै कुरा रद्दको टोकरीमा फालिदिएको बताइन् । उनले आफ्नो अनुहारतर्फ इसारा गर्दै भनिन्, ‘पैसा भए मात्र रोटी पाइन्छ । उनीहरु हामीसँग एक घण्टासम्म बस्छन् । रमाइलो गर्छन अनि जान्छन् ।’ कोलकाताकी निशा विगत १२ वर्षदेखि यो पेशामा छिन् । ‘लोग्ने मानिसहरु ठूला ठूला कुरा गर्छन, तर अहिलेसम्म हामीसँग प्रेम गर्ने हिम्मतवाला देखिएका छैनन्,’ उनले भनिन् । prostitution india

के १२ वर्षमा उनलाई कसैले पनि प्रेम गरेनन ? उनले भनिन्, ‘त्यस्तो देखिएन । लोग्ने मानिसहरु आउँछन् । प्रेम गर्ने वादा पनि गर्छन् । विवाह गर्छन, बच्चा जन्माउँछन् । अनि केही वर्षपछि छोडिदिन्छन् ।’ ३६ वर्षीया रिमाको कहानी पनि यस्तै छ । ‘मैले प्रेम गरेकी थिएँ, पहिला एक जना ग्राहकसँग मेरो विवाह भयो । तीन बच्चा पनि भए ।’ उनलाई विवाह गरेपछि जीवन सुखमय हुने विश्वास थियो । उनका श्रीमान दिन रात मदिरा पिउँथे र उनलाई पिट्थे । अति भएपछि रिमाले उनीसँग सम्बन्धविच्छेद गरिन् । स्रोतः बिबिसी हिन्दीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७