पोर्न स्टारसँगको अन्तरङ्ग लुकाउन अमेरिकी राष्ट्रपतिले पैसा खुवाएको खुलासा


३ फाल्गुन २०७४, बिहीबार
100035212 100023349 befunkycollage

पोर्नस्टार स्टोमी डेनियल अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भएको अन्तरङ्ग सम्बन्धबारे खुलासा गर्ने जानकारी गराएकी छन् । ट्रम्पका कानुनी सल्लाहकार माइकल कोहेनले डोनियललाई आफ्नो सम्बन्ध गोप्य राख्न एक लाख ३० हजार अमेरिकी डलर दिएको खुलासा गरेपछि डोनियलले ट्रम्पसँग उनको सम्बन्धबारे खुलासा गर्ने बाटो खुलेको हो । 100035212 100023349 befunkycollage

डेनियलका म्यानेजर गिना रोड्रिगुजले डेनियलले सबै कुरा भन्न गैरहेको बताएकी छिन् । यो वर्षको सुरुवातमा अमेरिकाको वाल स्ट्रिट जर्नलले ट्रम्पले सन् २०१६ मा भएको चुनावमा डेनियललाई एक लाख ३० हजार अमेरिकी डलर दिएर सन् २००६ मा भएको ट्रम्प र मेलिनाको सम्बन्ध गोप्य राख्न लगाएको समाचार प्रकाशित गरेको थिायो ।100039265 100029604 gettyimages 914316606

तर ट्रम्प र डेनिल दुवैले उनीहरुबीच कुनै सम्बन्ध नभएको जनाएका छन् । ट्रम्पका कानुनी सल्लाहाकारले ट्रम्पले डेनियललाई एक लाख ३० हजार तिरेको खुलासा गेपछि डेनियलले ट्रम्प र उनको सम्बन्धबारे खुलासा गर्ने जनाइएको छ । डेनियलकी म्यानेजर रोद्रिगेजले बुधबार पत्रकारहरुसँग डेनियलले सबै कुरा खुलासा गर्ने बताएकी छिन् । ट्रम्पका कानुनी सल्लाहाकारले ट्रम्पले डेनियललाई रकम तिरेको खुलासा गरेपछि यो जानकारी आएको हो ।100035210 100025727 gettyimages 849488562

डेनियलको वास्तविक नाम स्टेफेन क्लिफोर्ड रहेको जनाइएको छ । तर डेनियलले सन् २०११ मा टच म्यागाजिनमा आफू र ट्रम्पबीच सम्बन्ध रहेको अन्तर्वाता दिएको बीबीसीमा उल्लेख गरिएको छ । उक्त अन्तर्वाता भर्खरै प्रकाशित भएको थियो । वाल स्ट्रिट जर्नलमा प्रकाशित समाचारप्रति कटाक्ष गर्दै डेनियलले आफूहरुबीच कुनै सम्बन्ध नभएको स्पष्ट पारेकी थिइन् । स्रोत : एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७