‘कान्छी’ गइन् हलमा


४ फाल्गुन २०७४, शुक्रबार
kanxi 1

काठमाण्डौं, ४ फागुन : आजबाट नायिका श्वेता खड्काले सर्वाधिक आशा गरेको चलचित्र ‘कान्छी’ देशभरका हलमा रिलिज भएको छ । नायक दयाहाङ राई र नायिका श्वेता खड्काको मुख्या भूमिका रहेको यो फिल्म चलचित्र आकाश अधिकारीले निर्देशन गरेका हुन् ।kanxi 1

नायिका खड्काकै लगानी रहेको चलचित्र उत्कृष्ट बनेको बताउँछिन् । केहि सातादेखि चलचित्रको प्रमोशनमा खटिएका नायिका श्वेता खड्का र नायक दयाहाङ्ग राईले चलचित्रले दर्शकको मन जित्ने दावी गर्दै आएका छन् । चलचित्रले देशभरका सिंगल र मल्टिप्लेक्समा सुखद कारोबार गर्ने आशा खड्काको छ । चलचित्रमा स्वेताको साथमा नायक दयाहाङ राई, नायिका अनु शाह, कलाकार नीर शाह, भूमिका श्रेष्ठ लगायतका कलाकारको मुख्य भूमिका छ ।

‘कोहिनुर’ पछि स्वेतालाई दर्शकले चलचित्रमा पर्खिरहेका थिए । यसैले, पनि सोलो रिलिजको अवसर पाएको ‘कान्छी’ को व्यापार उत्कृष्ट हुने अपेक्षा गरिएको छ । नायिका खड्काले चलचित्र बनाउनु भन्दा पनि चलाउनु कठिन रहेको बताउँदै यो चलचित्र आफ्नो व्यावसायिकक करिअरका लागि पनि महत्वपूर्ण रहेको बताएकी छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७