लम्फूका फरक तीन पोस्टर सार्वजनिक, कुसम श्रेष्ठ ‘तरकारीवाली’ पनि देखिइन्


४ फाल्गुन २०७४, शुक्रबार
Lamfu and khusamshrestha

काठमाडौं, ४ फागुन : आगामी बैशाख २८ गतेबाट प्रदर्शनमा रहेको चलचित्र ‘लम्फू’का तीन फरक पोस्टर एकसाथ सार्वजनिक भएकाे छ  । सार्वजनिक ३ पोस्टरमा कलाकारलाई फरक फरक रुपमा प्रस्तुत गरिएको छ ।  Lamfu movie and khusam shrestha

छायांकनको लागि लामो समय लागेको चलचित्र ‘लम्फू’को अन्ततः प्रदर्शन मिति घोषणा गरिएको छ ।  फिल्म  निर्माणपक्षले चलचित्रका केहि तस्बिर पहिलो पटक सार्वजनिक गरेको छ ।

यो चलचित्रबाट नव(नायक कविर खड्काले चलचित्र क्षेत्रमा पाइला राख्दैछन् । कविर नेपालको एकमात्र फिल्म कलेज ओस्कार इन्टरनेशनलबाट कलाकारितामा स्नातक अध्ययन गरेका विद्यार्थी हुन् । जसले चलचित्र क्षेत्रमा नयाँ स्थान बनाउने विश्वास गरिएको छ ।

कविरको साथमा चलचित्रमा सलोन बस्नेत, मरिष्का पोख्रेल, चाँदनी शर्मा, सञ्जित भण्डारी, कुशाग्र भट्टराई र कुसुम श्रेष्ठको मुख्य भूमिका छ । गोपालचन्द्र लामिछानेले निर्देशन गरेको चलचित्रले एक यूवाको जीवनमा आइपर्ने अकल्पनिय घटनालाई पर्दामा उतारेको छ ।lamphoo film1

यो चलचित्रले समय र परिस्थितीका कारण मानिस नायक र खल-नायक दुबै बन्छ भन्ने कथालाई उठान गरेको निर्देशक लामिछानेले बताए । भूपतिको लेखन रहेको यो चलचित्रमा दिपक बज्राचार्यको छायांकन, हरि सिलवालको सम्पादन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र शिव बिकको कोरियोग्राफी रहेको छ । चलचित्रमा बालकलाकार कुशाग्र भट्टराईको पनि अभिनय रहेको छ ।

निर्मात्री पूनम गौतमले यो चलचित्रमा कस्ट्यूम डिजाइन गरेकी छिन् । पपलुर मिडियाको प्रस्तुतीमा तयार भएको चलचित्रको निर्माता शक्ति बल्दभ घोरासैनी हुन् । अर्जुन पोखरेलको चलचित्रमा संगीत छ । चलचित्रको वितरण काठमाण्डौमा स्टेशन फाइभ र मोफसलमा एफ डी कम्पनीले गर्नेछन् ।

यस अघि नै अर्जुन पोखरेलको संगीत रहेका यो चलचित्रका चार गीत अडियो भर्सनमा एकसाथ सार्वजनिक भएका थिए ।

पोष्टरमा कुशुम श्रेष्ठ ‘तरकारीवाली’ पनि देखिइन् 

कुसुम ‘तरकारीवाली’को नामबाट विश्वभर चर्चित बनेकी थिइन् । तीन् पोष्टरको एक पोष्टरमा उनी पनि देखिएकी छिन् ।  उनी  सामाजिक सञ्जालमा तरकारीवाली’ नाममा भाइरल  भएकी युवती हुन्  । उनको चितवन र गोरखाबीचको त्रिशुली नदीको झोलुङ्गे पुलमा तरकारी बोकेको  फोटो पर्यटन व्यवसायी रुपचन्द्र महर्जनले खिचेर फेसबुकमा पोष्ट गरेका फोटो भाइरल भएको थियो भने । विश्वभरी नै उनको समाचार प्रकाशित भएका थिए । khusam shrestha

भारतीयहरुले तरकारी अर्थात् क्रेटमा गोरभेडा बोकेकी सुन्दर युवतीको तस्बिर सामाजिक सञ्जालमा भाइरल बनाएका थिए । युवती मिहिनती भएको भन्र्दै भारतीयहरुले युवतीको तारिफ गरेका छन् । भारतीयहरुले युवतीको प्रशंसा गर्दै ट्वीटरमा तरकारीवाली नाममा ह्यासट्यागमा ट्रेन्डिङ नै चलाएका थिए । tarkariwali kusum shrestha selling

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७