बलात्कारपछि ११ वर्षीया बहिनीको हत्या


४ फाल्गुन २०७४, शुक्रबार
rape 3

राजविराज, ४ फागुन : सप्तरीमा एक युवकले बलात्कार गरी आफ्नै ११ वर्षीया बहिनीको हत्या गरेका छन् । खड्ग नगरपालिका–९ लालपटीका १८ वर्षीय राजदेव मण्डलले आफ्नै काकाकी छोरी पार्वतीको बलात्कारपछि हत्या गरेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिएका छन् ।rape 3

जिल्ला प्रहरी कार्यालय सप्तरीमा आज आयोजित पत्रकार सम्मेलनमा आरोपी राजदेवलाई सार्वजनिक गरिएको छ । गत माघ २५ गते उक्त घटना भए पनि आरोपी भाग्न सक्ने आशंकामा प्रहरीले सुक्ष्म तरिकाले अनुसन्धान अघि बढाएर आरोपी पक्राउ गरिसकेपछि शुक्रबार घटना सार्वजनिक गरिएको हो । यस्तै जिल्लाको छिन्नमस्ता गाउँपालिकाकी दुई वर्षीया बालिकालाई स्थानीय १२ वर्षका एक किशोरले बिहीबार बलात्कार गरेको प्रहरीले जनाएको छ । ती किशोरलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७