कण्डम प्रयोग गर्न झण्झट लाग्यो ? यसो गर्नुस्


४ फाल्गुन २०७४, शुक्रबार
sad couple

यौन सम्पर्कलाई सुरक्षित बनाउन कण्डमको महत्व निकै छ । यसले विभिन्न यौन रोगबाट बचाउन सहयोग पुग्छ । तर, कतिपयले कण्डम प्रयोग झण्झटिलो मान्ने गरेका छन् । यसैले कण्डम बिना नै सुरक्षित सम्बन्धका लागि केहि उपाय यस्ता छन् :-sad couple

१) सुरक्षित हप्ता : महिलाको महिनावारी भएको आठौं दिनसम्म र महिनावारी सुरु हुनुभन्दा एकहप्ता अगाडीको समयलाई सामान्यतया शुरक्षीत अवधी मानीन्छ ।यो अवधीमा महिलाको पाठेघरमा डिम्व ननिस्किने हुनाले उक्त अवधीमा योनीभित्रै विर्य परेपनि महिलाहरु गर्भवती हुँदैनन् । तर महिलाहरुको महिनावारी हुने प्रक्रिया भने नियमित एउटै समयमा हुने भएमा मात्र यो विधी प्रयोग गर्नुृ उत्तम हुन्छ ।

२) बाहिर निकाल्ने : धेरै जसो श्रीमान् श्रीमतीहरु यो विधीको प्रयोग गर्ने गर्छन् । यसमा सहवासको क्रममा पुरुषहरुलाई यो थाहा हुन्छ की लिंगबाट विर्य कति छिटो स्खलन हुनेवाला छ भनेर । यसरी सम्भोग गरिरहेको बेला विर्य झर्न बाँकी छँदै पुरुषले महिलाको योनीबाट लिंग बाहिर निकालेर बाहिर नै स्खलन गर्दा योनीभित्र विर्य नजाने हुनाले गर्भवती बन्ने सम्भावना रहँदैन । तर धेरै मानिसमा यो विधीले अन्तिम समयको चरम सुख पाउन मुिस्कल पर्दछ । साथै सत प्रशितत यो विधीको भर भने पर्नु हूँदैन ।

३) गर्भनिरोधक चक्की : बजारमा धेरै खाले पिल्सहरु पाइन्छन्, जसको सेवनले कण्डम नलगाई यौन सम्पर्र्क गर्न कुनै वाधा पु¥याउँदैन । नेपालमा परिवार नियोजन संघ तथा जनस्वास्थ्य कार्यलयमा यो निःशुल्क पनि पाइन्छ । औषधी पसलहरुमा पनि सुनौलो गुलाफलगायतका गर्भ्निरोधक चक्कीहरु बेच्न राखेको हुन्छ ।

४) आपतकालीन गर्भनिरोधक चक्की : आइपिल, इपिल नाम गरेका कन्ट्रासेप्टिभ पिल्सहरु आधुनिक युवायुवतीहरुले धेरै नै प्रयोग गरेको अनुसन्धानहरुले बताएका छन् । अत्याधिकमात्रामा यसको सेवनले स्वास्थ्यमा गम्भीर समस्या आउने चिकित्सकहरु बताउँछन् । तर यदि संयोगवस असुरक्षित यौनसम्पर्र्क भइहालेमा यी खाने चक्कीहरुलाई सम्भोग भएको समयपछि जतिसक्दो चाँडो खाएमा गर्भ रहँदैन ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७