प्रगति राईको उपन्यास ‘विर्सिएको मृत्यु’ विमोचन

कविता वाचन तथा विचार गोष्ठी


४ फाल्गुन २०७४, शुक्रबार
Pragati rai book lounch

काठमाडौं, ४ फागुन । साहित्यकार प्रगति राईको उपन्यास ‘विर्सिएको मृत्यु’ विमोचन भएको छ । मुलबाटो प्रतिष्ठान नेपालले अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित कविता वाचन र विचार गोष्ठी कार्यक्रमपछि राईको उपन्यास सार्वजनिक गरेकी हुन् ।

Pragati rai book lounch 1Pragati rai book lounch

कार्यक्रममा विमोचित पुस्तकको बहस समेत भएको छ । पुस्तकका माथि साहित्यकार विप्लव प्रतिक, विश्लेषक उज्वल प्रसाँई, कवि तथा पत्रकार संगीत स्रोताले टिप्पणी गरेको थिए । बहसलाई कवि तथा पत्रकार दिपक सापकोटाले सहजीकरण गरेका थिए ।

साहित्यकार राईको यो दोस्रो आख्यानकृति हो । उनको यस अघि वादी विज्ञप्ती कविता संग्रह र लेखककी स्वास्नी उपन्यास प्रकाशित भईसकेको छ ।

कविता वाचन तथा विचार गोष्ठी
मूलबाटो प्रतिष्ठान नेपालले फागुण महिनालाई नारी महिना मानेर उत्सवको रुपमा मनाउने तयारीसँगै कविता वाचन तथा विचार गोष्ठीको आयोजना गरेको छ । उक्त कविता वाचनमा नयाँ तथा पुराना १० जना कविले कविता वाचन गरेका थिए ।

कविता वाचनमा विक्रम परियार, प्रज्वल अधिकारी, निर्दोशी प्रविणा, नमन राई, खेम बतास, वातलावाका केशव सिलवाल, उन्मुक्त पुस्ताका प्रकाश गुरागाँई, समाजवादी लेखक संघकी शकुन्तला जोशी, यशोदा अधिकारी र चन्द्र रानाहँछाले कविता वाचन गरेका हुन् ।

kabita Bachan

कार्यक्रममा छोरीको वंशाधिकार समानताको अधिकार हो । छोरा र छोरीबीचको विभेद अन्त्य गर्न छोरीलाई पनि बंशाधिकार दिनु समताको मुलबाटो हुन सक्छ । भन्ने विषयमा छलफल भएको थियो ।

कार्यक्रमकी प्रमुख अतिथि महिला दबाब समुहकी केन्द्रिय सचिव सावित्रा थापाले मुलबाटो प्रतिष्ठान नेपालले गरेको यो कार्यक्रममा सबैको ऐक्यबद्धता गर्नुपर्ने बताईन् । महिला शसक्तिकरणको लागि राम्रो अभियान भएको बताइन् ।

सन्चारिका समूहकी उपाध्यक्ष नितु पण्डितले मुलबाटोले उठाएको छोरीलाई वंशाधिकारको विषय एकदम सान्दर्भिक रहेको बताईन् । भनिन् ‘यो विषयमा हामी सबै लाग्नुपर्छ । हामीले बशांधिकारको अधिकार पाउनुपर्छ ।’

प्रतिष्ठानले यो कार्यक्रमसँगै फागुन १२ गते नारी दिवसको शुभकामना आदनप्रदान कार्यक्रम र १९ गते छोरीमा वंशधिकार किन आवश्यक छ भन्ने विषयमा वहस कार्यक्रम खुलामन्चमा हुने प्रतिष्ठानकी अध्यक्ष समेत रहेकी राईले जानकारी दिईन् ।

यस्तै प्रतिष्ठानले छोरीमा वंशधिकार हुनुपर्छ भनेर सर्वोच्चमा रिट दायर गर्ने अन्तिम तयारी भईसकेको अध्यक्ष राईले जानकारी दिईन् । राजनीतिक पार्टी, धर्म, संस्कार लगायत विभिन्न कुराहरुले सबैलाई छुट्याईरहेको बेला सबैलाई एक ठाउँमा ल्याउने कार्यक्रमको प्रयास रहने अध्यक्ष राईले बताईन् । कार्यक्रममा विभिन्न क्षेत्रका महिला तथा पुरुषहरुको सहभागी रहने उनले जानकारी दिईन् ।

कार्यक्रम मुलबाटो प्रतिस्ठान नेपाल र ईन्डिगो पब्लिकेसनको सहकार्यमा आयोजनामा भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७