प्रहरी सेटिङमा रातभरि डिस्को खुल्ला


५ फाल्गुन २०७४, शनिबार
WiUGG Voodoo 2

पोखरा, ५ फागुन । प्रहरीको सेटिङमा पोखरामा रातभर डिस्को खोल्न छुट दिइएको छ । वडा प्रहरी कार्यालय बैदाम र जिल्ला प्रहरी कार्यालयका प्रमुखसँगको सेटिङमा
पोखरामा सञ्चालित भुडो डिस्को बिहान ६ बजेसम्म चल्दै आएको छ । जबकि राति २ बजेसम्म मात्र डिस्को संचालन अनुमति दिइएको छ ।

WiUGG Voodoo 2 1
प्रहरीलाई मिलाएर डिस्को तोकिएको समयभन्दा ४ घण्टा बढी सञ्चालन हुँदैआएको छ । डिस्कोका संचालक समीर गुरुङले आफूले नीति नियम अनुसार नै संचालन गर्दैआएको बताए । उनले भने–‘रात्रिकालीन ब्यवसायलाई ब्यवस्थित र मर्यादित बनाउने अभियानमा लागेको मैले त्यसरी तोकिएको भन्दा बढी समयसम्म डिस्को संचालन गरेको छैन । तोकिएको समयसम्म संचालन गर्ने मैले प्रहरीलाई प्रभावित पार्नुपर्ने जरुरी छैन ।’
सो होटलमा किशोर सिलवालले क्यासिनो सञ्चालन गरेका थिए तर क्यासिनो सञ्चालन नभएपछि सोही ठाउँमा अहिले उक्त डिस्को सञ्चालन हुँदै आएको छ । गुरुङ रात्रिकालीन व्यवसाय गर्ने व्यापारीहरूको संस्था रात्रिक्लबको अध्यक्षसमेत हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७