बद्री पंगेनीले रूवाए अनि नचाए, नेताले गरेका बाचा सम्झाए


५ फाल्गुन २०७४, शनिबार
badri pangeni

बाध्य भइयो परदेशमा छिर्न
मैले पढ्दा लाएको ऋण तिर्न
आमा बिदा पाउँदिन अहिलेको सालपनि आमा घरमा आउँदिन ।badri pangeni
अर्घाखाँचीको सन्धिखर्कमा जारी ‘तेस्रो अर्घाखाँची महोत्सव’ मा गीत गाउँदै गायक बद्री पंगेनी । लोक गायक बद्री पंगेनी मञ्चमा प्रवेश गरेसंगै यो गीत गाउन थालेपछि मेला हेर्न आएका अधिकांश दर्शकहरु भावुक बने । पाको उमेरका दर्शक विशेषगरी महिला दर्शक भावुक भएपनि युवापुस्ता भने उनको फोटो खिच्न र भिडियो कैद गर्न व्यस्त भए । दर्शकहरु भावुक भएको देखेर पंगेनी मञ्चबाट दर्शकदीर्घामा पुगे र आमाहरुको हात समातेरै गीत गाउन थाले ।
मेलामा मनोरञ्जनका लागि आएका दर्शकहरुलाई पंगेनीको गीतले केहीबेर भावुक बनायो । आमाहरुले त आँशु झार्न मात्रे सकेनन् । विदेशीएका छोराहरुको कथाव्यथालाई गीतमा प्रस्तुत गरिसकेपछि बद्रीले गीतबाटै नेताहरुलाई व्यंग्य गरे । निर्वाचनको समयमा जनतासँग गरेका बाचा सम्झाए । गाउँका समस्या र विकास निर्माणका कुरा गीतबाटै उल्लेख गरे । गीतबाटै उनले भने–
हाम्रो गाँउमा स्कुल छैन, बाटो छैन, पानी छैन
जनतालाई साँझ बिहान पेटभरि खाना छैन ।
उनले अगाडि थपे–
सुन नेता ज्यू शहर मात्र बस्ने नगर
ल है नेता ज्यू चिल्ला कारमा फस्ने नगर ।badri pangeni1
पंगेनीले गीत गाउँदै गर्दा प्रदेश सभा सदस्यहरु चेतनारायण आचार्य र रामजीप्रसाद घिमिरे मञ्चमै थिए । यो गीतमा बद्रीले दर्शकहरुको गडगडाहट ताली पाए । अर्घाखाँचीको सन्धिखर्कमा जारी ‘अर्घाखाँची महोत्सव’मा पंगेनीले रातो पछयौरी, ससुरालीमा लगायतका मनोरञ्जनात्मक गीत समेत प्रस्तुत गरे । धार्मिक तथा पर्यटकीय स्थलको प्रचारप्रचारका लागि सन्धिखर्कमा महोत्सवको आयोजना खबर हिमाल खबर पत्रिकाले समाचार लेखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७