बजार पुर्‍याई दिने भन्दै जङ्गलमा लगेर बलात्कार !


५ फाल्गुन २०७४, शनिबार
rape 1

बाजुरा, ५ फागुन : बाजुराको बुढीगंगा नगरपालिका–७ की एक १६ वर्षीया किशोरीलाई बजार पुर्‍याई दिने भन्दै जङ्गलमा लगेर बलात्कार गर्ने दुई जना पक्राउ परेका छन् ।rape 1

किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । शुक्रबार बिहान घरबाट सामान किन्न बेतालमाडौं जाँदै गर्दा गाउँका दुई जना युवाले बाइकमा लगिदिने भन्दै किशोरीलाई बार्जुगाडु जङ्गलमा लगेर बलात्कार गरेको आरोप किशोरीले लगाएकी छन् । बुढीगंगा नगरपालिकाका ३० वर्षीय चन्द्र विष्ट र २२ वर्षका सुनिल बिकले किशोरीलाई जङ्गलमा लगेर बलात्कार गरेको आरोप सहितको उजुरी किशोरीले प्रहरी कार्यालय बाजुरामा गरेकी छन् ।

जङ्गल तथा होटलमा लगेर आफ्नो दुवै हात समातेर मुख थुनेर बलात्कार गरेको उनले बताएकी छन् । बलात्कारपछि उनीहरुले कसैलाई भनिस् भने मारिदिन्छौ भनेर धम्काएको उनले बताएकी छन् । पीडित किशोरीको स्वास्थ्य परीक्षण जिल्ला स्वास्थ्य कार्यलय बाजुरामा गरिएको छ ।

किशोरीलाई ती युवाले उनको दाईको नाम भन्दै फलानोको बहिनी होईनौँ र हामी तिमीलाई चिन्छौ हिड बाईकमा पुर्‍याई दिन्छौँ छिटो हुन्छ भनेर बाइकमा चढाएको किशोरीले बताएकी छन । आफू पनि छिटो पुगिने आशमा बाइकमा चढेको किशोरीले बताएकी छन् । जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव उपरीक्षक हरीबहादुर ओलीका अनुसार आरोपीत दुवै जनालाई पक्राउ गरी जवरजस्ती करणीमा मुद्दा चलाइएर अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७