आँखा झिम्क्याउने नायिका प्रियाको कमाल, सन्नी लियोनीलाई पछि पार्दै इन्टरनेटमा गरिन्


६ फाल्गुन २०७४, आईतवार
priya prakash muzik247yout

 

मुम्बई: भिडियोमा आँखा झिम्क्याएर चर्चामा आएकी नायिका प्रिया प्रकाश भारियरले इन्टरनेटमा सन्नी लियोनीलाई पछि पारेकी छिन् ।priya prakash muzik247yout

मलायालम चलचित्र ‘ओरु अदार लभ’ बाट अभिनयमा डेब्यू गरेकी प्रिया अभिनित चलचित्रको गीत ‘मानया मलरया‘’ रिलिज भएलगत्तै उनको गीतलाई केही घण्टामा लाखौंले हेरे । अहिलेसम्म उक्त गीतलाई १।६ करोडले हेरिसकेका छन् ।

यो चर्चासँगै उनलाई फिल्मको अफरसमेत आउन थालेको छ । अभिनेता निखिल सिद्धार्थको नयाँ फिल्मका लागि प्रस्ताव राख्दा उनले २ करोड पारिश्रमिक मागेकी छिन् ।

इन्टरनेटमा उनलाई ६ लाख बढीले खोजी गरेका छन् । इन्टरनेट खोजीमा उनी सन्नी लियोनीभन्दा माथी छिन् । इन्स्टाग्राममा उनलाई ३५ लाख बढीले पछ्याइरहेका छन् । इन्स्टाग्राममा उनको फलोअर्स बलिउड कलाकारमध्ये सबैभन्दा धेरै हो । प्रियंका चोपडा, दीपिका पादुकोण, कट्रिना कैफ, शाहरुख खान, अमिताभ बच्चन लगायतको पनि ३५ लाख फलोअर्स पुगेका छैनन् ।

उनको गीत र भिडियो इन्टरनेटमा भाइरल भइरहेको बेला गीतले हैदरावादका मुस्लिम युवाहरुको भावनामा चोट पुर्‍याएको भन्दै प्रिया र फिल्म निर्माता बिरुद्ध उजुरीसमेत दर्ता भएको छ । तर, केरलाका मुख्यमन्त्री भने प्रियाको सपोर्टमा उभिएका छन् ।

यसअघि तीन छोटा फिल्ममा अभिनय गरेकी प्रिया अहिले वाणिज्य शास्त्र अन्तर्गत स्नातक अध्ययनरत छिन् । नृत्य प्रशिक्षण लिँदै गरेकी उनी यात्रामा रुचि राख्दछिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७