बार्सिलोनाको जित, मेस्सीको नयाँ कीर्तिमान


६ फाल्गुन २०७४, आईतवार
messi

एजेन्सी: लियोन मेस्सीका नाममा स्पेनिस फुटबलमा थुप्रै कीर्तिमान छन् । बार्सिलोनालाई सफलता दिलाउने क्रममा उनले हरेक वर्ष केहि न केहि कीर्तिमान बनाएकै छन् । तर, विपक्षी पोष्टमा गरेको आक्रमण सबैभन्दा बढी असफल पनि उनकै नाममा रहेको छ ।Messi and swarez1

गोल गर्नेमा उनले पटक पटक कीर्तिमान बनाएका छन् । त्यस्तै मौका गुमाउनेमा पनि उनी अगाडी छन् । स्पेनिस ला लिगामा शनिबार इबारलाई २–० ले हराउँदै मेस्सी गोल गर्ने अवसर गुमाएका थिए ।

पाँच पटकका बालोन डी ओर विजेता मेस्सीको शनिबारको खेलपछि यो सिजन गोलपोष्टमा लागेर गोल हुन नसकेको संख्याको कीर्तिमान बनेको छ । शनिबारको खेल सम्म उनका १४ प्रहार पोष्टमा लागेर फर्केका छन् । जुन सन् २०११ र१२ मा उनले राखेको कीर्तिमानको बराबरी हो ।
ला लिगाका पछिल्ला तीन खेलमा मेस्सी गोल विहिन रहँदै आएका छन् । यद्दपी २० गोलका साथ मेस्सी नै शीर्षस्थानमा छन् । मेस्सीले मात्र होइन शनिबारको जितसँगै टोलीका प्रशिक्षक इर्नेस्टो भाल्र्भेडेले पनि अपराजित यात्रामा यसअघि पेप ग्वार्डिओलाले राखेको कीर्तिमानसँग बराबरी गरेका छन् ।

लुइस स्वारेज र जोर्डी अल्बाको गोलबाट बार्सिलोना शनिबारको खेलमा विजयी भएको थियो । त्यो जितसँगै टोलीले दोस्रो स्थानको एट्लेटिको म्याड्रिडलाई १० अंकले पछाडी पारेको छ । यद्दपी आज हुने खेलमा टोलीले बार्सिलोनासँगको दुरीलाई पुन छोट्टाउन सक्नेछ ।

बार्सिलोनाको अपराजित खेलसंख्या ३१ पुगेको छ । २०११ म पनि त्यस्तै लामो अपराजित यात्रा तय गरेको ग्वार्डिओलको नेतृत्वमा टोलीले त्यो सिजन च्याम्पियन्स लिग र ला लिगाको उपाधि जितेको थियो ।

ला लिगाका अन्य खेलमा सेभिल्ला, अल्भेस र भ्यालेन्सिया विजयी भएका छन् । सेभिल्लाले लस पालमासलाई २-१ , अल्भेसले डेपोर्टिभो ला कुरुनालाई १(० र भ्यालेन्सियाले मालागालाई २-१ ले हराएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७