अमेरिकाको पाँचौ ठूलो बैंक माथि सम्पत्ती सुद्धीकरणको आरोप


६ फाल्गुन २०७४, आईतवार
us bank

काठमाडौं, ६ फाुगन  (एजेन्सी) : अमेरिकाको पाँचौ ठूलो बैंक ‘यु एस बैंक’ माथि संघीय निकायले सम्पत्ती शुद्धीकरणको आरोप लगाएको छ ।us bank

गैरकानुनी क्रियाकलापमा सहयोग गरेको अर्थात् गैरकानुनी हर्कत रोक्न नसकेको भन्दै मिनेपोलिसस्थित यु एस बैंकलाई त्यहाँको न्यायिक विभागले सम्पत्ती सुद्धीकरणका विभिन्न नियमको उलंघन गरेको अरोप लगाएको हो ।

विभागले गैर कानुनी व्यावसायमा एक जना कर्जाबाहकलाई सघाएको र बैंकको ग्राहकमार्फत नियतवस अपराधिक गतिविधि गराएको आरोप लगाएको छ । म्यानहाटनमा संघीय अभियोजनकर्ता र त्यसमा फरक मत राख्नेहरुबीच बैंकले ग्राहकको कारोबार नियमन सुधार गरेको देखाउने विषयमा सहमतिमा पुगेका छन् ।

न्यायिक विभागले लगाएको अभियोग र अरु नियमनकर्ताको मुद्दालाई सहमतिमा ल्याउनका लागि बैंकले जरीमाना र सजायी गरी ६१ करोड ३० लाख (६१३ मिलियन) अमेरिकी डलर तिराएको छ ।

तर बैंकका कार्यकारी अधिकृत एन्डे सिसिरेले भनेका छन्,‘सम्पत्ती सुद्धीकरण कार्यक्रमलाई सुधार गर्नका लागि बैंकले महत्वपूर्ण लगानी गरीसकेको छ ।’ उनले हाम्रो संस्कृति तथा विश्वसनीयताले माग गरेभन्दा राम्रो गरेको बताएका छन् ।

यु एस बैंकलाई लगाइएको मुद्दा ठूला बैंकहरु एचएसबिसी तथा स्टान्डर्ड चाटर्सलाई लगाइए जस्तै छ । यस बैंकले क्युवा तथा इरानका लागु औषध कारोबारीसँग अमेरिकाबाट व्यावसाय सञ्चालन गरेको भनिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७