एकै व्यक्तिलाई चार पटक फाँसीको सजाय


६ फाल्गुन २०७४, आईतवार
sucide

काठमाडौं: पाकिस्तानको एक अदालतले शनिबार एक व्यक्तिलाई फाँसीको सजाय दिएको छ । सो अदालतले ती व्यक्तिलाई चार पटकसम्मको फाँसीको सजाय सुनाएको थियो । एक बालिकाको बलात्कार र त्यसपछि हत्या गरेको आरोपमा फाँसी दिइएको थियो ।

sucide
फाइल तस्बिर

इम्रान अलि नामक २४ वर्षीय यी व्यक्तिले छ वर्षीया एक बालिकालाई बलात्कार गर्नुका साथै उनको हत्या गरेका थिए । शहरको पूर्वी भागमा छ वर्षीया जाइनाब फतिमा नाम गरेकी ती बालिकाको गत महिना बलात्कार र हत्या भएको थियो ।

फाँसीको सजाय पाएका ती व्यक्तिलाई पञ्जाव शहरमा कम्तीमा सात बालिकालाई आक्रमण गरेको र हत्या गरेको आरोप लागेको थियो । तीमध्ये पाँच बालबालिकाको हत्या गरेको आरोप उनीमाथि लागेको थियो ।

अलिलाई छुट्टाछुट्टै चार वटा आरोपको मृत्युदण्डको सजाय भएको थियो । जाइनाबको बलात्कार र हत्यालगायत अलिलाई आतङ्ककारीवादको समेत आरोप पञ्जाव प्रान्तका न्यायाधीश इहतेशाम कादिरले बताएका थिए ।एएफपी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७