गायक कुमार बस्नेतले हरिवंशलाई भने, ‘मेरो गीत किन चोरियो ?’


६ फाल्गुन २०७४, आईतवार
kumar

काठमाण्डौं, ६ फागुन : प्रदर्शनको मुखैमा चलत्रित्र ‘शत्रु गत्तेको’ ‘रुपै मोहनी’ बोलको गीत चोरी भएको छ । उक्त गीतलाई वरिष्ठ गायक कुमार बस्नेतको गीत ‘रउसी खान जाउँ बोलसँग मिलेको बताइएको छ । गीतप्रति आपत्ति जनाउँदै गायक बस्नेतले भनेका छन्, ‘मेरो गीत चोरी भएको हो र यस विषयमा मैले हरिवंश आचार्यसँग सोध्दा होइन दाइ भजनको रुपमा मात्रै हो भनेर हल्का जवाफ दिए ।’ गीत कसरी चोरिएको हो भन्ने कुरा विस्तारै खुल्दै गए पनि यसले चलचित्रसँग जोडिएका हरिवंश जस्ता कलाकारलाई पनि दुःखित बनाएको छ ।kumar

हाल यो गीतले बजारमा चर्चा बटुल्दै आईरहेको छ । लोकराज अधिकारीले शब्द लेखेको ‘रुपै मोहनी’ लाई संगीतकार टंक बुढाथोकीले संगीत दिएका हुन् संगीतकार बुढाथोकीलाई संगीत चोरी गर्ने संगीतकारका रुपमा नेपाली फिल्ममा चिनिने गर्छन् । ‘रुपै मोहनी बोलको यो गीत ‘छक्का पञ्जा ३’ का लागि तयार पारिएको थियो । ‘छक्का पञ्जा २’को टिमलाई ‘ए दाजु नसमाउ नाडीमा बोलको गीत चोरी गरेको आरोप लागेको थियो ।

यसअघी दीपकराज गिरी र दीपाश्री निरौलाले फेरि पनि गीत चोरी भएको आरोप नलागोस् भनेर ‘शत्रु गते’ मा राख्नका लागि दिएको हुन सक्ने बताइएको छ । दीपक र दीपाको ‘छक्का पञ्चा’ फिल्मको प्रतिलिपि चोरी भएको भनेर प्रहरीमा उजुरी दिँदा डराएर एक जना युवकले आत्महत्या गरेका थिए । देशकै अगुवा कलाकारहरुमाथि यसरी गीत संगीत चोरीको आरोप प्रत्यारोप चल्नु राम्रो नहुने जानकार बताउँछन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७