‘कामका लागि नयाँ हिरोइनहरु निर्मातासँग सुत्छन्’


७ फाल्गुन २०७४, सोमबार
ekta kapoor

मुम्बई : फिल्म निर्मात्री एकता कपुरले बलिउडमा थुप्रै नयाँ कलाकारहरुले काम पाउनका लागि ‘सेक्स’ लाई साधन बनाउने गरेको बताएकी छिन् । हलिउड र बलिउडमा निर्माताहरुले नवनायिकाहरुको यौन शोषण गर्ने गरेको विषयमा बहस चर्किरहेका बेला उनको यस्तो अभिव्यक्ति आएको हो ।

ekta kapoor

हालै मात्र हलिउड निर्माता हार्भे विन्स्टेनले हलिउडका थुप्रै नायिकाहरुमाथि यौनजन्य हिंसा गरेको तथ्य सार्वजनिक भएको थियो । के बलिउडमा पनि विन्स्टेनहरु छन् रु भनी सोधिएको प्रश्नमा एकताले भनिन्, ‘हो बलिउडमा विन्स्टेनहरु छन् भन्ने मलाई लाग्छ । तर, कथाको अर्को पाटोमा त्यत्तिकै संख्यामा विन्स्टनहरु हुन सक्छन् । मानिसहरु उनीहरुको विषयमा कुरा गर्न चाहँदैनन् । कामको खोजीमा रहेका अभिनेता तथा अभिनेत्रीहरुले पनि काम पाउनका लागि यौनिकतालाई प्रयोग गर्छन् । उनीहरु सँधै पिडित मात्रै हुन्छन् भन्ने छैन ।’

एउटा उदाहरण दिँदै एकताले भनिन्, ‘हाम्रो इन्डष्ट्रीमा यदि एक अभिनेत्री कुनै निर्मातासँग सुत्छिन् र त्यसको आधारमा काम माग्छिन्, तर निर्माताले व्यक्तिगत कुरा र व्यवसायीक कुरा फरक हो भनेर उनलाई काम दिँदैन भने को पिडित हो ? शक्तिमा भएको व्यक्तिले निर्धो व्यक्तिलाई शोषण गर्छ भन्ने आम धारणा सँधै सत्य हुँदैन ।’

एकताका पिता जितेन्द्र हालै मात्र आफ्ना एक आफन्तलाई यौन उत्पीडन गरेको विषयमा विवादमा आएका थिए । पिडित भनिएकी व्यक्तिले घटनाको ४७ वर्षपछि प्रहरीमा उजुरी दिएकी थिइन् । जितेन्द्रले यसलाई आधारहिन आरोप बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७