संघीय संसदको पहिलो बैठक आह्वान, २१ गते ४ बजे बस्ने


७ फाल्गुन २०७४, सोमबार
Samsad Bhawan

काठमाडौं, ७  फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को अधिवेशन आह्वान गरेकी छन्। मन्त्रिपरिषद्को सिफारिस अनुसार राष्ट्रपति भण्डारीले फागुन २१ गते अधिवेशन आह्वान गरेकी हुन्।Samsad Bhawan

मन्त्रिपरिषद्को सिफारिशमा संविधानको धारा ९३ को उपधारा १ बमोजिम फागुन २१ गते सोमबार संसद अधिवेशन आह्वान गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ।  अधिवेशन नयाँ बानेश्वरस्थित वीरेन्द्र अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा दिउँसो ४ बजेका लागि बोलाइएको छ।

प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको तीन महिनापछि संघीय संसद्को अधिवेशन आह्वान भएको हो। संवैधानिक प्रावधान अनुसार मन्त्रिपरिषदको सिफारिसमा संसद्को अधिवेशन आह्वान र अन्त्य गर्ने व्यवस्था छ।

प्रतिनिधि सभाको चुनाव भएको ३ महिना र राष्ट्रिय सभाको चुनाव भएको झन्डै महिना दिनपछि संघीय संसदको बैठक बस्न लागेको हो।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७