विश्वकप छनोट खेल्न नेपाली टोली घोषणा, थपियो एक नयाँ अनुहार


७ फाल्गुन २०७४, सोमबार
criket nepal 1

काठमाण्डौं, ७ फागुन : जिम्बाब्वेमा खेलिने आइसीसी विश्वकप छनोट–२०१८ का लागि नेपाली क्रिकेट टोलीको घोषणा भएको छ । टोलीमा एक नयाँ अनुहार ललित नारायण राजवंशी समावेश भएका छन् ।criket nepal 1

हालै नामिबियामा सम्पन्न आइसीसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगितामा उपविजेता भएको नेपालले आगामी आइसीसी विश्वकप छनोट–२०१८ को लागि १५ सदस्यीय टोली घोषणा गरेको छ । विश्व क्रिकेट लिग डिभिजन–२ मा परेका १४ जना खेलाडी सबै विश्वकप छनोट टोलीमा पनि रहेका छन् ।criket a

त्यस्तै यसअघि वैकल्पिक खेलाडीमा रहेका ललितनारायण राजवंशी पनि चुनिएका छन् । स्पिनर रहेका ललित इपिएलमा ललितपुर प्याट्रिअट्सबाट खेलेका थिए भने उनी यु–१९ टोलीको पनि महत्वपूर्ण सदस्य हुन् । नेपाली टोलीको छनोट आइसीसी प्रतिनिधि अमिनुल इस्लाम, प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सम्मिलित ३ सदस्यीय टोलीले गरेको थियो ।
१५ सदस्यीय नेपाली क्रिकेटरcriket

 

 

पारस खड्का (कप्तान)
ज्ञानेन्द्र मल्ल (उपकप्तान)
शक्ति गौचन
बसन्त रेग्मी
शरद भेषावकर
सोमपाल कामी
करण केसी
आरिफ शेख
सन्दीप लामिछाने
दीपेन्द्रसिंह ऐरी
दिलीप नाथ
ललित भण्डारी
अनिलकुमार साह
रोहितकुमार पौडेल
ललितनारायण राजवंशी

वैकल्पिक खेलाडी
सुनिल धमला
किशोर महतो
सिद्धान्त लोहनी
बिनोद भण्डारी

cricket toli

विश्वकप छनोटमा नेपाल समूह ‘बि’मा रहेर अफगानिस्तान, जिम्बाबे, स्कटल्याण्ड र हङ्गकङ्गसँग प्रतिष्पर्धा गर्नेछ । नेपालले आफ्नो पहिलो खेल आयोजक जिम्बाब्वेसँग मार्च ४ तारिखमा खेल्ने जनाइएको छ ।

दुवै समूहका शीर्ष ३–३ टिम सुपर–६ मा पुग्नेछन्। सुपर सिक्समा लिग खेल हुनेछन्। शीर्ष २ टिम सन् २०१९ को एकदिवसीय विश्वकपका लागि छनोट हुनेछन्।एकदिवसीय वरियताका शीर्ष ८ टिम विश्वकपमा स्वत : छनोट भइसकेका छन्। छनोट प्रतियोगिताबाट २ र स्वत : छनोट भएका ८ गरी १० टिमबीच आगामी वर्ष विश्वकपमा प्रतिस्पर्धा हुनेछ।

विश्वकप छनोट प्रतियोगितापछि ४ एसोसिएट टिमलाई एकदिवसीय मान्यता प्रदान गरिनेछ। विश्व क्रिकेट लिग च्याम्पियनसिप जितेको नेदरल्यान्ड्सले एकदिववसीय मान्यता पाइसकेको छ। अब पपुवा न्युगिनी, स्कटल्यान्ड, हङकङ, नेपाल र यूएई मध्ये शीर्ष ३ टिमले सन् २०२२ सम्मका लागि एकदिवसीय मान्यता पाउनेछन्। नेपालले एकदिवसीय मान्यता पाउन छनोटमा कम्तिमा आठौं स्थान हात पार्नु पर्नेछ। जसका लागि छनोटमा प्लेअफ हुनेछ।

यस्तै छनोटमा शीर्ष तीनमा पर्ने टोलीले एकदिवसीय मान्यता प्राप्त गर्दा पुछारको दुई टोली डिभिजन टु मै झर्नेछन्

विश्वकप छनोटमा नेपालको खेल
फागुन २० गते – जिम्बावे विरुद्ध – क्विन्स स्पोर्ट्स क्लब
फागुन २४ गते– स्कटल्यान्ड विरुद्ध – क्विन्स स्पोर्ट्स क्लब
फागुन २६ गते– अफगानिस्तान विरुद्ध – बुलावायो एथ्लेटिक क्लब
फागुन २८ गते – हङकङ विरुद्ध – क्विन्स स्पोर्ट्स क्लब

 

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७