बेटिसको पोलमा रियलको ५ गोल, रियललाई ४५ अंक


७ फाल्गुन २०७४, सोमबार
ronaldo

बेटिस, ७ फागुन : स्पेनिस लालिगामा रियल म्याड्रिडले रियल बेटिसलाई गए राति ५–३ ले हराएको छ । रियलको जीतमा मार्को एसेन्सियोले दुई गोल गरेका थिए ।ronaldo

खेलको ११ औंं मिनेटमा एसेन्सियोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । तर आइसा मान्डीको गोल र नाचोको आत्मघाती गोलमा घरेलु टोली रियल बेटिसले अग्रता लिएको थियो । दोस्रो हाफमा भने रियलले खेल पुरै उल्टाउन सफल भयो । ५० औं मिनेटमा सर्जियो रामोसको गोलमा रियलले खेल बराबरी र्पायो भने ५९ औं मिनेटमा एसेन्सियोले टोलीलाई दोस्रो पटक खेलमा अग्रता दिलाएका थिए ।

खेलको ६५ औं मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै स्कोर ४–२ पारेका थिए । घरेलु टोलीले सर्जियो लियोनमार्फत ८५ औं मिनेटमा गोल फर्काउदै खेलमा पुनः फर्किने संकेत दिए पनि इन्जुरी समयमा करिम बेन्जेमाले गोल गर्दै पाहुना टोलीको जित सुनिश्चित पारे ।
यस जीतसँगै रियलको २३ खेलमा ४५ अंक पुगेको छ । रियल चौंथो स्थानमा रहेको छ र एक खेल बढी खेलेको अग्रस्थानको बार्सिलोनाभन्दा १७ अंकले पछाडि रहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७