गजुरेलकी पूर्व पत्नी मिना ढकालको गीतलाई ‘डिसलाइक’ काे भारी


७ फाल्गुन २०७४, सोमबार
Mina dhakal 5a8a688b595399.47180953

काठमाण्डौं, ७ फागुन : हाँस्य कालाकार मनोज गजुरेलसँग सम्बन्धबिच्छेद गरेसँगै गजुरेलकी पूर्व पत्नी मिना ढकालको सांगीतिक सक्रियता बढेको छ । ढिभोर्सको समयमै पनि गीत गाइरहेको भिडियो सार्वजनिक गर्दै आएकी ढकालले सम्बन्धविच्छेद भएको छोटै समयमा साँच्चीकै गायिका र मोडल बनेर देखाएकी छिन् । उनले आफ्नो पहिलो गीत निकालेकी छिन् । तर, दुःखको कुरा उनको प्रयास गायिका र मोडल बनेर देखिनुमा नै सीमित हुने देखिएको छ । किनकी उनको गायन र मोडलिङ्ग प्रयासलाई स्रोता–दर्कको ‘डिसलाइक’ अर्थात मन परेनको भारी बढी देखिएको छ ।Mina dhakal 5a8a688b595399.47180953

‘आखाँ जुध्यो यो मनले त्यो मनलाई कस्यो, थाहै नपाई खै कसरी मीठो माया बस्यो’ बोलको गीत र सोको म्युजिक भिडियो सार्वनजिक भएको छ। म्युजिक भिडियोको मोडलको रुपमासमेत मीना आफैंले अभिनय गरेकी छिन् । दिपकराज पाठकले रचना गरेको गीतमा राम कार्कीले संगीत दिएका छन् । उनको गीतलाई भने अधिकांश दर्शकले रुचाएको देखिदैन् । ’सङ्स नेपाल’ले युटयूबमा राखेको भिडियोमा लाइकभन्दा करीब ३ गुणा बढी डिसलाइक देखिन्छ । सोमबार १२ बजेसम्म १४,२९२ पटक हेरिएको भिडियोमा १२० जनाले लाइक गरेका भने ५१२ जनाले डिसलाइक गरेका छन् । प्रतिक्रिया दिने अधिकांशले उनको गीत राम्रो नरहेको भनेका छन् ।

कतिपय स्रोता–दर्शकले संगीतको बेइज्ज गरेको समेत भनेका छन् । कसैले गलत ठाउँमा सम्पत्ति खेर फालेको भनेका छन् । धेरैले उनको स्वर गीत गाउन लायक नरहेको र आफ्नो क्षमता उपयुक्त ठाउँमा लगाउँदा नै बेस हुने सुझाव दिएका छन् । कतिपय दर्शकहरुले गीत गाउने रहर भए सिकेर यस क्षेत्रमा लाग्न सुझाव दिएका छन् । प्रतिक्रियामा कसैले पहिलो प्रयास हो हौसला दिनुपर्छ भनेका छन् भने कसलैले वाह ! दिदीको स्वरमा जादू रैछ भन्दै व्यंग्य समेत कसेका छन् ।

२२ वर्ष लामो वैवाहिक जीवनलाई अन्त्य गर्दै केही महिनाअघि मिना र मनोज गजुरेलले सम्बविच्छेद गरेका थिए । करीब एक महिनाअघि उनीहरुको औपचारिक सम्बन्धविच्छेद भएको थियो । सम्बन्ध बिच्छेदपछि विभिन्न सञ्चार माध्यामलाई दिएको प्रतिक्रियामा मिनाले मनोज गजुरेलसँग रहँदा आफ्ना धेरै सपना, रहरहरु ओझेलमा परे भन्ने खालका अभिव्यक्ति दिएकी थिइन् । (भिडियो पनि)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७