आफ्नै आमा–बुबाबाट हेला भएकी छोरी म…


७ फाल्गुन २०७४, सोमबार
100084111 3 padma illustration1

नमिठो खाना वा नमिल्ने लुगा जस्तै, म पनि बेवास्ता गरिएकी पात्र हुँ । बेवास्ता गरिएकी छोरी । सानै हुँदा मेरा आमा–बुवाले मलाई छाडे । के उनीहरूको मृत्यु भएको थियो ? होइन, म टुहुरी होइन । त्यसले मलाई अझ धेरै पीडा दिन्छ । मेरा आमा–बुवा म बसेकै गाउँमा बस्छन् । तर उनीहरू अपरिचित जस्तै व्यवहार गर्छन् । म कोक्रोमा सुत्ने उमेरमै उनीहरूले मलाई छाड्ने निर्णय गरे ।100084111 3 padma illustration1

त्यसबेला भोक लाग्दा, चिच्याएर रूँदा, म मलाई फकाउन लोरी सुनाउने मान्छे कुर्थेँ । तर, कुनै आवाज आउँदैनथ्यो । केही गुमाएको वा दुःख लागेको अनुभूति नै थिएन । म जन्मिए लगत्तै मेरो बुवाले अर्की महिलालाई विवाह गरे र उनीबाट सन्तान जन्माए । त्यसपछि मेरी आमाले पनि मलाई छोडिन् । उनको पनि अर्को पुरूषसँग माया बस्यो । र म ? मलाई माया नपाउनुको अनुभूति के हो भन्ने पनि थाहा भएन ।

मामाघरमा म दुःखै दुःखमा हुर्किएँ । म हुर्किएर कुरा बुझ्ने भएपछि मामाले नै मलाई मेरा आमा–बुबा को हुन् भनेर चिनाए । मलिन आँखाले मैले उनीहरूलाई हेरें । मलाई लागेको थियो, उनीहरूले मलाई नजिक बोलाउने छन् र अँगालोमा लिनेछन् । तर उनीहरूले मलाई अपरिचितलाई जसरी हेरे । म कसैको सन्तान नभएको प्रष्ट थियो । त्यही भएर मेरा मामाले मलाई एउटा गैरसरकारी संस्थाले चलाएको होस्टेलमा भर्ना गरिदिए । मेरा बुवाले मेरी सौतेनी बहिनीलाई पनि त्यही होस्टेलमा भर्ना गरिदिए । उनलाई प्रत्येक पटक देख्दा मलाई आफू नरूचाइएको याद आउँथ्यो ।

मलाई उनीप्रति कुनै वैरभाव छैन । हामी कुराकानी गरी रहन्छौं । उनलाई थाहा छ, मलाई थहा छ । र, मलाई थाहा छ भन्ने पनि उनले थाहा पाएकी छन् । तर पनि त्यो पीडादायी छ । मेरा बुवा उनलाई भेट्न आइरहन्छन् र उनलाई बिदामा घर लिएर जान्छन् । म मौनतामा कुरिरहन्छु र मलाई पनि घर लैजान बुबा आउँलान् कि भनेर पर्खि बस्छु । तर मेरो पर्खाइ सधैं व्यर्थ हुन्छ । बुबाले मलाई हेर्दा पनि हेर्दैनन् । मलाई थाहा छैन उनलाई मेरो माया लाग्छ कि लाग्दैन वा मेरी सौतेनी आमाले मलाई घर लैजान उनलाई दिन्छिन् कि दिन्नन् । म उनीहरूको आँखाबाट आफूलाई परै राख्ने कोशिस गर्छु र एक्लै रून्छु । अरू केटाकेटी जस्तो म बिदा कुरेर बस्दिनँ । बिदा भनेको मेरा लागि पैसा कमाउन खेतमा काम गर्ने समय हो । अन्यथा, म खान पाउँदिन । बेला बेला म गाईवस्तु पनि हेर्छु । मैले पाएको ज्याला म मेरो मामाको परिवारलाई दिन्छु । त्यसको बदलामा उनीहरूले मलाई खान र बस्न दिन्छन् ।100085946 3 padma illustration2

विद्यालय खुलेको बेला चाहिने कापी कलम किन्न केही रकम जोहो गर्न उनीहरूले मलाई दिन्छन् । तर पनि म मेरा आमा–बुबालाई माया गर्छु । म उनीहरूसँग रिसाएकी पनि छैन । उनीहरूबाट स्नेह पाउने धोको छ । मैले उनीहरूसँग चाडपर्व मनाउने सपना देखेको छु । तर दुवैका आफ्नै जीवनसाथी र परिवार छन् । दुवैका घरको दैलोमा मलाई स्वागत गरिँदैन। मलाई त्यो प्रयास मात्रै गर्न पनि डर लाग्छ । त्यही भएर चाडपर्व आउँछन् र जान्छन् । पारिवारिक रमझम मेरो लागि हासिल गर्न नसकिने सुख सुविधा हो । मेरा साथीहरूले सुनाउने कथाहरू मात्रै म सुन्न सक्छु । उनीहरूका बिदाका कुराबाट नै मेरा सपनाहरू बनेका छन् । मेरा साथीहरू मेरा वास्तविक दाजु बहिनी हुन् जोसँग म आफ्ना सुख र दुःख साट्ने गर्छु ।
मेरा सबै भावना म उनीहरूसँग व्यक्त गर्छु । र, म आफैँसँग एक्लै लड्दा थाकेपछि उनीहरू मेरो ख्याल गर्छन् । र हाम्री वार्डेन मेरो वास्तविक आमा थिइन् । उनीसँगै बसेर मैले आमाको ममताबारे थाहा पाएँ ।

मेरा साथीहरू बिरामी पर्दा, उनले उनीहरूका परिवारलाई सम्पर्क गरिदिन्छिन् । तर मेरा लागि उनी नै परिवार हुन् । उनले आफूले सकेको गर्छिन् । उनले मलाई राम्रा कपडाहरू दिन्छिन् । म त्यसबेला विशेष महसुस गर्छु । मलाई स्नेह पाएको महसुस हुन्छ । तर जीवनका केही साधारण खुशीहरू विना नै बाँच्न मैले सिकेको छु । जस्तै म मेरा मनपर्ने खानेकुरा पकाउन कसैलाई आग्रह गर्न सक्दिनँ । अहिले म नौ कक्षामा अध्ययनरत छु । यो होस्टेलले कक्षा १० सम्मका विद्यार्थीहरूलाई राख्छ ।

त्यसपछि म कहाँ जानेछु मलाई थाहा छैन । मेरा मामाहरूले अब मलाई सहयोग गर्दैनन् ।
शायद मैले मेरो विद्यालयको शुल्क तिर्नलाई काम गर्नुपर्ने हुनसक्छ । किनभने म प्रष्ट छु म पढाइ छाड्दिनँ । शिक्षा नै मेरो जीवन राम्रो बनाउने एक मात्रै बाटो हो । म डाक्टर बन्न चाहन्छु । यदि म आफ्नो गाउँ गएँ भने, मलाई विवाह गर्न बाध्य बनाइने छ । यस्तो होइन कि म विवाह र परिवारलाई घृणा गर्छु तर म शुरूमा स्वतन्त्र हुन चाहन्छु । जब म हुर्किन्छु, म आफ्नो रोजाइको पुरूषसँग विवाह गर्छु । उसँग एउटा सुन्दर र मायालु परिवार बनाउने कुरा सुनिश्चित गर्न चाहन्छु । 100085950 3 padma illustration3
(यो दक्षिण भारतमा बस्ने एक महिलाको वास्तविक कथा हो। ती महिलाको अनुरोधमा उनको परिचय गोप्य राखिएको छ। उनले आफ्नो कथा बीबीसी संवाददाता पद्मा मिनाक्षीलाई सुनाएकी थिइन् र यो सामग्री बीबीसीकी दिव्या आर्याले तयार पारेकी हुन्।)

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७