पोर्न स्टार बन्छु भन्ने अर्चना पनेरुले अमेरिकनसँग गरिन् बिहे !


७ फाल्गुन २०७४, सोमबार
archana

काठमाण्डौं, ७ फागुन : पोर्न स्टार बन्छु भनेर सबैलाई चकित पारेकी अर्चना पनेरु विवाह बन्धनमा बाँधिएकी छन् । archana

पोर्न स्टार बन्ने अनौठो अभिव्यक्ति दिएर देशी–विदेशी सञ्चार माध्यम र सामाजिक सञ्जाल तताएकी अर्ना पछिल्लो केहि समय अलि ओझेल जस्तो बनेकी थिइन् । तर, अहिले फेरि उनी एकाएक सामाजिक सञ्जालमा भाइरल बनेर आएकी छन् । केही समयअघि सामाजिक सञ्जालमा आफ्नो अश्लिल भिडियोहरु सार्बजनिक गर्दै आफू पोर्न स्टार बन्ने अभिव्यक्ति दिंदै आएकी अर्चना पनेरुको बिबाह भएको तस्बिर सार्बजनिक भएको छ ।15136025 1144695708951751 6736335466268415299 n

उनले सामाजिक सञ्जाल फेसबुकमार्फत एक अमेरिकन नागरिकसँग बिबाह बन्धनमा बाँधिएको बताएकी छन् । फेसबुकमा बिवाहको पहिरनसहतिको फोटो सार्वजनिक गर्दै उनले लेखेकी छन्, ‘गट म्यारिड, लक्की टु गट अ लाइफ पार्टनर लाइक यु’ भनेर लेखेकी छिन् । यो उनको चर्चामा आउने शैली हो वा पोर्न स्टार बन्ने बाटो अपनाएकी हुन् ? त्यो भने खुलेको छैन ।22221756 509022759455062 7755646253719338990 n

पोर्न स्टार बन्ने अभिव्यक्ति दिएपछि अर्चनाले आफू पढिरहेको स्कुलबाट निष्कासनदेखि गाउँबाटै अपहेलित हुनु परेको थियो । तर, आफ्नो हर्कतलाई उनले बसाइनन् । यता फिल्म क्षेत्रका केही निर्माता–निर्देशक पनि त्यसबेला अर्चनालाई आफ्नो फिल्ममा लिन लाइन लागे । आफ्नो फिल्ममा मुख्य नायिका पनि बनाए, तर फिल्मले कुनै कमाल गर्न सकेन । निर्माताको लाखौ लगानी चुर्लुम्म बन्यो । पछिल्लो समय अर्चनाको फिल्म लाइनमा नामोनिशान छैन । तर, काठमाण्डौको एक डान्स बारमा नाच्ने गरेको खबर यदाकदा सुन्न पाइन्छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७