ओली–प्रचण्ड मिले, माधव किन मर्किए ?


७ फाल्गुन २०७४, सोमबार
madhav nepal Z2v8KcbjwN

गौर, ७ फागुन : वाम एकताका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पार्टी एकताका सहमतिमा पुग्दै सहमति पत्रमा हस्ताक्षर गर्न तयार भएका छन् ।madhav nepal Z2v8KcbjwN

तर, एमालेका पूर्व अध्यक्ष तथा वरिष्ठ नेता माधवकुमार नेपालले भने पार्टी एकीकरणका लागि फरक दृष्टिकोण सार्वजनिक गरेका छन् । ओली–प्रचण्डबीच पार्टी र सरकार दुबैमा आलोपालो गर्ने सहमति बनेको खबर बाहिर आइरहेका बेला वरिष्ठ नेता माधवकुमार नेपालले आलोपालो गरेर प्रधानमन्त्री बनाउन नहुने बताएका छन् ।

पार्टी एकतापछि एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री पदमा आलोपालो गर्ने सहमति भएको चर्चाप्रति टिप्पणी गर्दै उनले प्रधानमन्त्रीमा पालो प्रणाली लगाउन नहुने बताएका हुन् । रौतहटको गौरमा आफ्नै निवासमा पत्रकारसँग आज कुरा गर्दै नेता नेपालले बहुमतका साथ बन्ने सरकारलाई ढुक्कसँग काम गर्न दिनुपर्ने बताएका छन् । नेता नेपालले पार्टी एकीकरणपछि दुई जना अध्यक्ष बन्ने अवस्था आए पनि दुवै जनालाई सहअध्यक्ष राख्न सकिने धारणा व्यक्त गरे । नयाँ सरकारले पूर्णता पाएपछि देशमा विकासले गति लिने उनको भनाइ थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७