विष्फोटमा परि राज्यसभा निर्वाचनका उम्मेदवारसहित चारको मृत्यु


८ फाल्गुन २०७४, मंगलवार
82471 iueurqhpnj 1519045991

 

काठमाडौं: भारतको उत्तरपूर्वी राज्य मेघालयमा आइतबार राति भएको विष्फोटमा परि चुनावी अभियानमा रहेका एक जना राजनीतिज्ञसहित चार जनाको मृत्यु भएको भारतीय प्रहरीले सोमबार जनाएको छ ।82471 iueurqhpnj 1519045991

विष्फोटमा मेघालय राज्यसभाको निर्वाचनमा उम्मेदवार रहेका ४३ वर्षीय जोनाथन एन साङ्माको निधन भएको हो । उन निर्वाचनकै सिलसिलामा ‘इस्ट गारो हिल्स’ जिल्लामा सम्वोधनका लागि गएको थियो ।

मत्यु भएका अन्य दुई जना सामान्य नागरिक र एक प्रहरी रहेका बताइएको छ । उनीहरू साङ्माको निर्वाचन अभियानमा सहयोग गर्न उनकै कारमा यात्रा गरिरहेका थिए । उक्त क्षेत्र चीन, भुटान, म्यानमार र बङ्गलादेशको सिमानामा रहेको भूभाग हो ।

मेघालयमा ६० सदस्यीय राज्यसभाको लागि यही फेब्रुवरी २७ मा निर्वाचन हुने कार्यक्रम छ । मुख्यमन्त्री मुकुल साङ्माले घटना राजनीतिक प्रतिशोध लिन गराइएको हुनसक्ने बताउँदै यसबारे थप कुरा अनुसन्धानपछि मात्र बाहिर आउने बताए ।

उनले मेघालयको शान्तिपूर्ण वातावरणलाई निर्दोष नागरिकको हत्याले नखल्वलाउने दावी गर्दै विष्फोटमा संलग्नलाई कानूनी दायरामा ल्याएर छोड्ने ट्वीटरमार्फत बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७