वैदेशिक रोजगार विभाग नक्कली भिसामा श्रम स्वीकृति दिएपछि…


८ फाल्गुन २०७४, मंगलवार
us visa interview

 

काठमाडौं: वैदेशिक रोजगार विभागले ११ महिलालाई कुवेतका लागि नक्कली प्रवेशाज्ञा (भिसा)मा श्रम स्वीकृति दिएको खुलासा भएको छ।

विभागको ताहाचलस्थित काठमाडौं कार्यालयका कर्मचारीले बानेश्वरको गुड सर्भिस इन्टरनेसनल प्रालिका सञ्चालकसँगको मिलेमतोमा नक्कली भिसामा ११ महिलालाई संस्थागत श्रम स्वीकृति दिलाएका हुन्।

त्यही स्वीकृतिलाई विमानस्थलको श्रम डेस्कले छाप लगाइदिएको थियो। विमानस्थल अध्यागमन कार्यालयले कुवेत हिँडेका १० जनालाई फागुन १ गते र दुई दिनपछि सोही म्यानपावरबाट गएकी अर्की एक महिलालाई फिर्ता गरेपछि घटना बाहिर आएको हो।

गुड सर्भिस इन्टरनेसनलका सञ्चालकसँग प्रतिक्रिया माग्न खोज्दा उनीहरू सम्पर्कमा आउन चाहेनन्। तर त्यहीँ कार्यरत एक कर्मचारीले भने आफूहरूले संस्थागत श्रम स्वीकृति लिन मात्र ती महिलालाई सहयोग गरिदिएको टेलिफोनमा बताइन्। वैदेशिक रोजगार विभागले सिलाइका लागि ल्याएको नक्कली भिसामा श्रम स्वीकृति दिएको हो।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७