को हुन् राष्ट्रियसभामा सिफारिस डा. खतिवडा, बिडारी र पौडेलराई ?


८ फाल्गुन २०७४, मंगलवार
singhdarbar ktm

काठमाडौं, ८ फागुन, सरकारले राष्ट्रियसभा सदस्यमा तीन जनाको नाम सिफारिस गरेको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको सिफारिस उल्टाएर नयाँ तिन जनलाई सिफारिस गरिएको हो ।

मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको हो । देउवा सरकारले कांग्रेस कार्यकर्ता कृष्णप्रसाद पौडेल, गोपाल बस्नेत र चाँदनी जोशीलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गरेको थियो । तर, दलीय सहमति नगरेरै सरकारले एकल रुपमा नाम सिफारिस गरेको भन्दै शीतलनिवासले ती नामलाई अनुमोदन गरेको थिएन । सिफारिस अध्ययन गर्न बाँकी रहेको र परामर्श गर्नुपर्ने भनेको थियो ।

५९ सदस्यीय राष्ट्रियसभामा ५६ जना हरेक प्रदेशबाट चुनिएका थिए भने ३ जना सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनित गर्ने संवैधानिक व्यवस्था छ। हरेक प्रदेशबाट ८-८ जनाको दरले ५६ जना निर्वाचित भइसकेका छन्। तर ३ जना भने अझै नियुक्त भएको थिएन।

को हुन् नयाँ सिफारिस नयाँ तीन

डा. खतिवडा

NPC Vice Chairman Yubaraj Khatiwada

डा. खतिवडा राष्ट्र बैंकका पूर्व गभर्नर एवं राष्ट्रिय योजना आयोगमा दुईपटकसम्म उपाध्यक्ष रहिसकेका अर्थ्विद् हुन् । उनले कोलंवओमा यूएनडीपी रीजनल सेन्टरमा वरिष्ठ अर्थशास्त्रीको रूपमा काम गरेका थिए भने २०५९ देखि २०६२ सम्म नेपाल सरकारको राष्ट्रिय योजना आयोगमा उपाध्यक्ष भए । उनी फेरि ओली पहिलोपटक प्रधानमन्त्री हुँदा उनी राष्ट्रिय योजना आयोगका उपाध्यक्ष थिए ।

उनले नेपाल राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागको प्रमुख, त्रिभुवन विश्वविद्धालयमा (२०४७ देखि २०४८) अध्यापन र काठमाडौं विश्वविद्यालयमा एक अतिथि संकाय सदस्यको रूपमा कार्य गरेका थिए । २०४१ मा त्रिभुवन विश्वविद्यालयबाट क्रमशः अर्थशास्त्र र लोक प्रशासनमा मास्टर डिग्री प्राप्त गरेका डा. खतिवडाले वि.सं. २०४८ मा दिल्ली स्कूल अफ इकोनोमिक्सबाट मौद्रिक अर्थशास्त्रमा पीएचडी गरेका हुन् ।

रामनारायण बिडारी

रामनारायण बिडारी Ram naryan Bidari

रामनारायण बिडारी प्रचण्ड निकट कानुन ब्यवसायी हुन् । हेटौंडाका बिडारी दोस्रो संविधानसभामा माओवादी केन्द्रबाट समानुपातिक सभासद् थिए ।

विमला पौडेल राई

Bimala Rai Paudyal

 

यसैगरी विमला पौडेल राई राष्ट्रिय योजना आयोगको पूर्वसदस्य हुन् । एमाले समर्थक वुद्धिजिवी संगठनमा आबद्ध उनी भोजपुर निवासी पौडेल राष्ट्रपति विद्यादेवी भण्डारीको सचिवालयमा छन्

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७