प्रचण्ड–ओलीले आफ्नो पार्टीको नाम चोरेको विप्लवको आरोप, प्रतिकार गर्ने चेतावनी


८ फाल्गुन २०७४, मंगलवार

काठमाण्डौं, ८ फागुन : नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले आफ्नो पार्टीको नाम चोरेर एमाले–माओवादीले दरिद्र राजनीति गरेको आरोप लगाएको छ ।

Netrabikram Chanda Biplav
एमाले र माओवादी एकीकरण भएपछि पार्टीको नाम ‘नेपाल कम्युनिष्ट पार्टी (नेकपा)’ राख्ने निर्णय गरेका छन्, जुन नाम विप्लव नेतृत्वको पार्टीसँग हुबहु मिल्छ । विप्लव नेतृत्वको नेकपाका जनवर्गीय संगठन इञ्चार्ज मोहन कार्कीले एमाले माओवादीले फाँसीवादी चरित्र देखाउँदै बलमिच्याई गरेको आरोप लगाए । उनले भने, ‘यो फाँसीवादी चरित्र हो । हामी संघर्ष जारी राख्छौं, वैचारिक र सांस्कृतिक रुपले प्रतिकार गर्छौं ।’

आफ्नो पार्टी निर्वाचन आयोगमा दर्ता नभएको भन्दै एमाले–माओवादीले बलमिच्याई गरेको उनको भनाइ छ । कार्कीले भने ‘निर्वाचन आयोगमा दर्ता नभएर के भो, हामी जनताको बीचमा छौं आफ्नो संघर्ष गरिरहेका छौैं ।’ एमाले सचिव प्रदीप ज्ञवालीले नामको विषय सामान्य रहेको प्रतिक्रिया दिंदै भने, ‘नाम राख्न पाइन्छ । यो कुनै ठूलो कुरा होइन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७