‘एकता निर्णय दाहाल एण्ड कम्पनिद्वारा घटित दक्षिणपन्थी काण्ड’


८ फाल्गुन २०७४, मंगलवार
Gopal Kirati

काठमाडौं ८ फागुन : नेकपा (माओवादी) केन्द्रका नेता गोपाल किरातीले एमाले र माओवादीविच भएको पार्टी एकताको निर्णयलाई ‘दक्षिणपन्थी काण्ड’ को रुपमा चित्रण गरेका छन् । सक्षिप्त विज्ञप्ती मार्फत भनेका छन्, ‘महान् जनयुद्ध र अमर शहिदहरुको अपमान गरि माओवादी कम्युनिस्ट आन्दोलन समाप्त पार्ने पुष्पकमल दाहाल एण्ड कम्पनिद्वारा घटित ‘दक्षिणपन्थी काण्ड’ ।’

Gopal Kirati

पार्टी एकताको निर्णय लगत्तै नेता किरातीले आफू प्रचण्ड नेतृत्वको पार्टीमा नरहेको बताएका छन् । किरातीले यसअघि नै नेकपा (माओवादी केन्द्र) महाधिवेशन समुह गठन गरेका थिए । उनले अब आफूले माओवादी पुन गठन गर्ने समेत बताएका छन् । किरातीले नेकपा माओवादी केन्द्रका संयोजकको रुपमा विज्ञप्ती जारी गर्दै भनेका छन्, मार्क्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शक सिद्धान्त राष्ट्रिय समाजवादी राजनीतिक कार्य्दिशा एवं पहिचान मुद्दालाई निर्णायक तहमा स्थापित गर्न अग्रसर कमरेडहरुमा नेकपा (माओवादी केन्द्र) पुनर्गठन गरि अघि बढ्न बिशेष आव्हान गर्दछु ।’

उनको विज्ञप्ती

महान जनयुद्ध र अमर शहिदहरुको अपमान गरि माओवादी कम्युनिस्ट आन्दोलन समाप्त पार्ने पुष्पकमल दाहाल एण्ड कम्पनिद्वारा घटित ‘दक्षिणपन्थी काण्ड’को भण्डाफोर गर्दै नेकपा (माओवादी केन्द्र) महाधिवेशन समुह त्यस काण्डमा संलग्न नरहेको स्पष्ट गर्छु । र, मार्क्सवाद–लेनिनवाद–माओवादको पथप्रदर्शक सिद्धान्त राष्ट्रिय समाजवादी राजनीतिक कार्य्दिशा एवं पहिचान मुद्दालाई निर्णायक तहमा स्थापित गर्न अग्रसर कमरेडहरुमा नेकपा (माओवादी केन्द्र) पुनर्गठन गरि अघि बढ्न बिशेष आव्हान गर्दछु ।

–गोपाल किराती,
संयोजक, नेकपा माओवादी केन्द्र

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७