नेपाल कम्युनिष्ट पार्टी निर्वाचन आयोगमा आज दर्ता हुने, अब संसदमा चार पार्टी


८ फाल्गुन २०७४, मंगलवार
Election ayoge 1

काठमाण्डौ, ८ फागुन : नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएपछि बनेको नयाँ पार्टी ‘नेपाल कम्युनिष्ट पार्टी’ आज निर्वाचन आयोगमा दर्ता हुने भएको छ ।Election ayoge 1 1

संसदमा अब ४ वटा मात्र राष्ट्रिय दल हुने भएका छन् । दुई महिनाअघि सम्पन्न निर्वाचनबाट ५ वटा दलले मात्र राष्ट्रिय पार्टीको मान्यता पाएका थिए । यीमध्ये पहिलो दल नेकपा एमाले र तेस्रो माओवादी केन्द्रबीच सोमबार राति एकता भएर नेपाल कम्युनिष्ट पार्टी गठन भएको छ ।

नयाँ पार्टीले मंगलबार नै निर्वाचन आयोगमा दल दर्ता गराउने बताइएको छ । ‘दुवै अध्यक्षले मंगलबार आयोग गएर दल दर्ता गर्ने कार्यक्रम रहेको नेताहरुले जनाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७