नेपाल वायुसेवा निगममा पनि बम भेटियो


८ फाल्गुन २०७४, मंगलवार

काठमाण्डौं, ८ फागुन : काठमाण्डौंस्थित नेपाल वायु सेवा निगम नजिकै बम फेला परेको छ । निगम अगाडि बम भेटिएपछि अहिले सुरक्षाकर्मी त्यस ठाउँमा पुगेको जनाइएको छ ।bomb 1 1

पाल्पा सदरमुकाम तानसेनमा शक्तिशाली बम बिष्फोट गरिएको भएको छ । कास्कीको पोखराको विजयपुरमा शक्तिशाली बम विष्फोट हुँदा एक पत्रकार र एक प्रहरी घाइते भएका छन् । यस्तै वाग्लुङ्गमा पनि बम विष्फोट भएको छ । यसैगरी नेपालको अवज्ञा गरेको भन्दै बन्दकर्ताहरुले मोरङको विराटनगरमा विहानै दुई मालबहाक ट्रकमा आगजनी गरेका छन् । मोरङको सलकपुर र ढाटमा आगजनी गरिएको प्रहरीले जनाएको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज आह्वान गरेको नेपाल बन्दले बन्दको प्रभाव विहानैबाट देशैभरी परेको छ ।

बन्दमा प्रेस, एम्बुलेन्स, शब बहान, दूध बोक्ने गाडी र पानी बोक्ने गाडीजस्ता अत्यावश्यक सवारीसाधनलाई चल्न दिएको छ भने अन्य सबै सवारी साधनहरु ठप्प रहेका छन् । कुनै पनि पक्षबाट बन्दको अवज्ञा गरिए प्रतिरोधको कार्यक्रम अझ सशक्त बनाइने नेकपाले जनाएको छ । राजधानी काठमाण्डौं बन्दको प्रभाव केहि सामान्य देखिएको छ । तर, लामो दूरीका गाडीहरु चलेका छैनन् । बिराटनगरमा आयोजित नेकपाको सहायक संगठन योङ्ग रेड्फोर्सको राष्ट्रिय सम्मेलन स्थलबाट आफ्ना नेता–कार्यकर्ता पक्रिएको विरोधमा विप्लव माओवादीले आज बन्द गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७