माओवादी सांसद दास भारतीय भएको दावी गर्दै सपथ नगराउन माग


८ फाल्गुन २०७४, मंगलवार
ramhari khatiwada

काठमाण्डौं, ८ फागुन : कांग्रेस नेता तथा पूर्व सांसद रामहरि खतिवडाले सिरहा क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभामा विजयी सुरेशचन्द दास भारतीय नागरिक भएको आरोप लगाउँदै सपथ नगराउन माग गरेका छन् ।ramhari khatiwada

उनले दास भारतीय नागरिक भएको भन्दै सपथ ग्रहण नगराउन संसद सचिवालयको ध्यानाकर्षण समेत गराएका छन् । संसद सचिवालय सिंहदरबारमा निवेदन दर्ता गर्दै नेता खतिवडाले माओवादी केन्द्रका तर्फबाट निर्वाचित दास भारतीय नागरिक भएको र बिहारको दरभंगामा उनको स्थायी घर भएको दावी गरेका छन् । नेपालको संविधानको धारा ८७ को १ क मा प्रतिनिधिसभा सदस्य हुन नेपालको नागरिक हुनैपर्ने व्यवस्था छ । संघीय संसदको पहिलो बैठक फागुन २१ गते बस्दैछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७