विप्लवको नेपाल बन्दमा कहाँ के भयो ?


८ फाल्गुन २०७४, मंगलवार

काठमाडौं: नेत्रविक्रम चन्द विप्लव नेतृत्व ‘नेपाल कम्युनिष्ट पार्टी’ले गरेको नेपाल बन्द सामान्य नै रहेको छ । विप्लवका नेपाल बन्दले ठुलो क्षति केही भएको छैन । विप्लवका कार्यकर्ता ४ जना समातिएको छ ।

biplap netra bikram chand
फाइल तस्बिर

काठमाडौंका विभिन्न क्षेत्रबाट विप्लव समूहको शंकरदेव कलेजस्थित विद्यार्थी सङ्गठनका नेता नरेन्द्रबहादुर भण्डारी, कार्यकर्ता अक्षयकुमार राई, सन्तोष खड्का र विक्रम केसी छन् ।विप्लप नेतृत्वको नेकपाले मङ्गलवार देशभर बन्द आह्वान गरेको थियो । बिराटनगरमा आफ्ना नेता, कार्यकर्ता पक्राउ परेको विरोधमा बन्द आह्वान गरिएको हो ।

यसैबिच, मङ्गलवार बिहान मध्य बानेश्वरमा बन्दकर्ताले सरकारी गाडीमा आगजनी गर्ने प्रयास गरेका छन् । महानगरीय प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले बन्दकर्ताले ओखलढुंगा जिल्ला अदालतको गाडीमा सामान्य क्षति पुर्‍याएको बताए ।

‘मर्मतका लागि गाडी ल्याइएको रहेछ’, पोखरेलले भने, ‘त्यसक्रममा आगजनीको प्रयास भएको हो । सामान्य क्षति छ ।’ बन्दकर्ताले तीनकुनेको सुविधानगरस्थित बागमती नदीको किनारमा समेत शंकास्पद वस्तु राखेका थिए । यद्यपि, त्यो ‘होक्स’ भएको पुष्टि भएको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७