राष्ट्रपतिलाई कांग्रेसको प्रश्न, ओली र देउवालाई फरक व्यवहार किन ?


८ फाल्गुन २०७४, मंगलवार
congress 1

काठमाडौं: प्रमुख प्रतिपक्षी पार्टी नेपाली कांग्रेसले राष्ट्रिय सभामा सरकारले गरेको सिफारिसप्रति असन्तुष्टी जनाएको छ । पार्टी कार्यालय सानेपामा कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रत्रकार सम्मेलन गरी सरकारले राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेकोप्रति असन्तुष्टी जनाएको छ ।

congress 1

पत्रकार सम्मेलनमा शर्माले सरकार मुख्य प्रतिपक्ष दलसँग गैरजिम्मेवार रहेको बताएका छन् । उनले भने, ‘प्रधानमन्त्रीले आफूलाई कसरी अगाडि बढाउन चाहनुहुन्छ भन्ने सुरुवातमा उहाँले लिने निर्णयहरूबाट झल्किन्छ भन्ने हाम्रो ठहर छ । अघिल्लो सरकारका निर्णयहरूका सन्दर्भमा अहिलेको सरकारले लिने निर्णय र राख्ने व्यवहार अनुरूप हाम्रो सम्बन्ध परिभाषित हुन्छ ।’

प्रबकता शर्माले उक्त पत्रकार सम्मेलनमा राष्ट्रपति माथि पनि प्रश्न उठाएका छन् । शर्माले राष्ट्रपतिले देउवा सरकार र ओली सरकारलाई फरक दृष्टिले हरेको आरोप लगाएका छन् । उनले भने, ‘एउटा सरकारलाई एउटा चस्माले हेर्ने, अर्को सरकारलाई अर्को चस्माले हेर्ने खालको सन्देश गएको हो कि भन्ने हाम्रो ठहर छ ।’ उनले देउवा सरकारले सिफारिस गरेको ३ राष्ट्रिय सभा सदस्य राष्ट्रिपतिले ढिलो कार्यान्वयन गरेको प्रति पनि असन्तुष्ट जनाएका छन् ।

राष्ट्रिय सभा सदस्यमा देउवा सरकारले गोपाल बस्नेत, कृष्णप्रसाद पौडेल र चाँदनी जोशीको नाम सिफारिस गरेको थियो । तर, राष्ट्रपति विद्या देवी भण्डारीले कार्यान्वयन गरेकी थिइनन् । देउवाले प्रधानमन्त्री पदबाट गत शुक्रवार राजीनामा दिएसँगै नयाँ प्रधानमन्त्रीमा नियुक्त केपी शर्मा ओली सरकारले राष्ट्रिय सभा सदस्यको लागि ३ सदस्य सिफारिस गरेको थियो । हाल सरकाले डा. युवराज खतिवडा, रामनारायण विडारी र डा. विमला पौड्यालको नाम राष्ट्रिय सभा सदस्यको लागि सिफारिस गरिसको छ र राष्ट्रपतिले कार्यान्वयन समेत गरिसकेकी छिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७