प्रम ओलीले बिरामी उद्धारको लागि हेलिकप्टर चार्टर गरेपछि…


८ फाल्गुन २०७४, मंगलवार
heli

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले लडेर घाइते भएकाका धर्म रोकायालाई उद्धारको लागि हेकिकपटर चार्टटर गरेका छन् । भिरबाट लडेर गम्भीर घाइते भएका रोकायाको लागि प्रम ओलीको निर्देशनमा हेलिकप्टर चार्ट गरेको हो ।

heli

बाजुराको दुर्गम गाउँ गौमुलकी धर्म रोकायालाई ओलीले हेलिकप्टर चार्टर गररेर बिरामीको उद्धार गरेको हो । गत फागुन ३ गते भिरबाट लडेर घाइते भएकी रोकाएलाई नेपालगञ्जमा उपचार सम्भव नभएपछि समस्या परेको थियो । घाइतेको समस्याबारे बाजुर निवासी एमाले पोलिटब्युरो सदस्य कर्णबहादुर थापाले प्रधानमन्त्रीलाई जानकारी गराएपछि ओलीले सक्रियता देखाएका हुन् ।

बिरामीको अवस्था कमजोर भएकाले काठमाडौं ल्याउनु परेको हो । काठमाडौं ल्याउन आर्थिक अभाव भएको कारणले प्रम ओलीले सहयोग गरेको हो । प्रधानमन्त्रीले बिरामी रोकायालाई तत्काल काठमाडौं ल्याउन निर्देशन दिँदै हेलिकप्टरको प्रबन्ध गराएको छ । काठमाडौं ल्याउने तयारी भइरहेको नेता थापाले जानकारी दिए । घाइते रोकायाको आर्थिक अवस्था अत्यन्तै कमजोर रहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७