पूर्वमन्त्री खरेल महान्यायाधीवक्तामा नियुक्त


८ फाल्गुन २०७४, मंगलवार

काठमाडौं, ८ फागुन, राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसमा महान्यायाधीवक्तामा अग्नी खरेललाई नियुक्त गरेकी छन् । नेकपा एमालेका पूर्वसांसद, पूर्वमन्त्रीसमेत रहेका खरेललाई नेपालको संविधानको धारा १५७ को उपधारा ९२० बमोजिम महान्यायाधिवक्ता पदमा नियुक्त गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

Agni Kharel

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले खरेललाई महान्यायधिवक्तामा सिफारिस गरेको थियो । राष्ट्रपति कार्यालयका प्रवक्ता कुलप्रसाद चुडालले जारी गरेको विज्ञप्तिमा मंगलबार बेलुका नियुक्त गरिएको उल्लेख गरिएको छ ।

प्रतिनिधिसभाको सांसद हुन नसकेपछि राष्ट्रियसभामा जान कोसिस गर्दा पनि नसकेपछि पूर्व कानुन मन्त्री खरेलले महान्यायाधीवक्ता बनेका हुन् । सर्वोच्च अदालतका न्यायाधीश, न्यायपरिषद सदस्य र संवैधानिक निकायका प्रमुख भन्दा मर्यादाक्रममा तल्लो पद हो महान्यायायधीवक्ता । मन्त्री भइसकेका खरेल त्यो भन्दा २० औं नम्बरको कनिष्ट पद महान्यायाधीवक्ता समेत हुन पुगेका छन् । महान्यायाधीवक्ता पद मर्यादाक्रममा ३१ औं नम्बरमा पर्दछ ।

यसअघि प्रतिनिधिसभा र प्रदेशसभाको चुनावअघि माओवादी र एमालेबीच सिट बाँडफाँटबारे छलफल हुँदा पनि अग्नि खरेलले झापाको २ नम्बर क्षेत्रमा टिकटका लागि निकै कसरत गरेका थिए । माओवादी अध्यक्ष प्रचण्डसंग भेटेर झापा ४ नम्बर क्षेत्र लिन र २ नं मा आफूलाई उम्मेदवार बनाउन उनले लबिङ गरेका थिए ।

त्यसैअनुसार प्रचण्डले झापा ४ का माओवादी नेताहरूलाई भने ।तर झापा ४ का माओवादी नेता कार्यकर्ताले एलपी साँवा बाहेक अरुले जित्न नसक्ने भन्दै नलिने भनेपछि अग्निको २ नं बाट चुनाव लड्ने सपना तुहिन पुगेको थियो । र, पवित्रा निरौला खरेलले टिकट पाएर जितिन् । त्यति गर्दा पनि उनले हरेस भने खाएनन् । झापाका एमाले अध्यक्ष चिन्तन पाठकसहितको टोलीलाई उनले अध्यक्ष ओलीकोमा आफ्नो लागि टिकटको लबिङ गर्न पठाएका थिए ।

प्रतिनिधिसभाको प्रत्यक्षमा टिकट पाएर सांसद हुने मनोकांक्षा पूरा हुन नसकेपछि उनी राष्ट्रियसभामा जानका लागि पटक पटक बरिष्ठ नेताहरु झलनाथ खनाल, माधव नेपाल, महासचिव इश्वर पोखरेलको धाउनुसम्म धाए । माओवादी अध्यक्ष तथा सोमबारबाट नेपाल कम्युनिष्ट पार्टीका सहअध्यक्ष भएका पुष्पकमल दाहालबाट पनि ओलीलाई फोन गराएका थिए

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७