अभिनेत्री रेखा थापा कार दुर्घट्नामा
काठमाडौं : अभिनेत्री रेखा थापा कार दुर्घट्नामा परेकी छिन् । उनी दुर्घट्नामा परेपनि चोटपटक भने लागेको छैन । बुधवार १२ बजे चावहिलमा उनले आफैँले चलाइरहेको कार एक मालबाहक ट्रकको ठक्कारका कारण दर्घटनामा परेको हो।
ठक्कर दिँदा कारमा भने क्षति पुगेको गौसला प्रहरीले जनाएको छ । कारलाई थापा आफैले चलाएकी थिइन् । जानकारी अनुुसार प्रदर्शनको तयारीमा रहेको फिल्म रुद्रप्रियाको प्रमोसनका लागि एक मिडियालाई अन्तर्वाता दिएर फर्कने क्रममा दुर्घट्नामा परेकी हुन् ।