४० भाषामा कविता प्रस्तुती


९ फाल्गुन २०७४, बुधबार
kabita
?

काठमाडौं फागुन ९, अन्र्तराष्ट्रिय मातृभाषा दिवसको अवसरमा बुधवार नेपाल प्रज्ञा प्रतिष्ठानले राष्ट्रिय मातृभाषा कविता महोत्सव सम्पन्न गरेको छ ।

kabita

विभिन्न समुदायको झाँकीसहित प्रभातफेरी गर्दै प्रज्ञा भवनको डबलीमा आईपुगेर महोत्सवको उद्घाटनमा ४० भाषाको कविता प्रस्तुति भएको छ । मातृभाषा विकासको लागि साहित्यको उत्कृष्ठ पाटोको रुपमा कवितालाई लिएकोले राष्ट्रिया कविता महोत्सवको आयोजना गरेको कार्यक्रम संयोजक तथा प्रज्ञा सदस्य श्रर्वणकुमार मुकारुङले बताए । मुकारुङले भाषालाई राज्यले उचित नीति बनाएर अवसरको सिर्जना गर्नुपर्ने बताउँदै नेपालमा बोलिने १२३ भाषाको संरक्षणतर्फ लाग्न आग्रह गरे ।

त्यस्तै प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख अम्बर गिरीले अन्र्तराष्ट्रिय मातृभाषा दिवसलाई विमर्श र कविता प्रतियोगिता महोत्सवको रुपमा विकास गर्दै अगाडी बढेको बताए ।
उनले मातृभाषाको विकासका निम्ति मूल्यांकनको विषयवस्तुको बनाई सबै भाषालाई संविधानले राष्ट्रियकरण गरिसके पनि संरक्षण गर्न नसकेको बताए । कविताको माध्यमबाट आफ्नो समुदायको पहिचान बनाउने भएकाले भाषा साहित्यबाट नै संस्कृति र इतिहास बचाउन सक्ने दावी गर्दै भाषालाई लोप हुनबाट बचाउन सबै समुदायले संरक्षण गर्नुपर्ने बताए ।

कार्यक्रममा प्राध्यापक डा। नवल किशोर राईले आफ्नो अस्तित्व र पहिचान भाषा भएकाले भाषाको संरक्षणमा राज्यले उचित व्यवस्थापन गर्न आग्रह गरे । उनले हरेक समुदायले बोलिने भाषा सरकारी कामकाजमा पनि महत्वका साथ प्राथमिकता दिनु पर्ने बताउँदै ध्यानाअकर्षण गरे ।
प्रतिष्ठानले आयोजना गरेको सो कार्यक्रममा विभिन्न समुदायबाट ४४ छनोट कवितामध्ये ४० प्रतियोगीको कविता प्रस्तुति भएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७